२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाबिर पुनलाई बेलायतको विश्वविद्यालयले गर्यो सम्मान



अ+ अ-

काठमाडौं । बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले बिज एजुकेशनको आयोजनामा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा महावीर पुन मगरलाई सम्मान गरेको छ ।

डा पुनले नेपालको खोज, अनुसन्धान तथा प्रविधिको क्षेत्रमा पु¥याएको योगदान र उहाँको कर्मको प्रतिफलस्वरुप सम्मान गरिएको हो । सो अवसरमा डा पुनसँग अन्तरक्रिया समेत गरिएको थियो ।

कार्यक्रममा डा पुनले आफ्नो काम भिडियोमार्फत प्रस्तुत गर्नुभएको थियो । पुनले जनस्तर र विदेशीको सहयोगबाट स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका २० भन्दा बढी क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा नेपाल एजुकेशन काउन्सिल युकेका पदाधिकारी वसन्त नेपाल, लेखनाथ गैरे, गणेश खड्का, कृष्ण खनाललगायतको उपस्थिति थियो ।