२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय स्वास्थकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन सुरु



अ+ अ-

काठमाडौं । नेकपा एमाले एमालेनिकट राष्ट्रिय स्वास्थकर्मी संघ, नेपालको चौथो राष्ट्रिय महाधिवेशन सुरु भएको छ ।

सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुभएको हो ।

महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ४ सिट पनि ल्याउन असमर्थ माओवादी अध्यक्ष प्रचण्डलाई ५४ सिटको पार्टी बनाइदिँदा उल्टै माधव नेपाल जस्ता कुण्ठाग्रस्त मान्छेहरूलाई बोकेर आफूमाथि झम्टिएको टिप्पणी गर्नुभयो ।

यस्तै अध्यक्ष ओलीले बारको चुनावको परिणाम पूर्व निर्धारित नै रहेको भन्दै जनताको जनमत वैशाख ३० पछि मात्र प्रकट हुने बताउनुभयो ।

संगठनका अध्यक्ष रामबहादुर चन्दको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका सचिव तथा संगठनका इन्चार्ज कमरेड योगेश भट्टराई, संगठन विभाग प्रमुख कमरेड खगराज अधिकारी, जनसंगठन समन्वय संयन्त्रका संयोजक कमरेड भानुभक्त ढकाललगायतको उपस्थिति थियो ।