२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल बार निर्वाचन : गठबन्धनको क्लीन स्वीप (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्ता साझेदार दलनिकट कानून व्यवसायीहरूको संयुक्त प्यानल विजयी भएको छ ।

अध्यक्ष पदमा गोपालकृष्ण घिमिरेसहित सबै पदमा सत्ता साझेदार दलनिकट उम्मेदवारहरू विजयी भएका हुन् ।

अध्यक्ष पदमा घिमिरेले विष्णुमणि अधिकारीलाई पराजित गरेका हुन् । घिमिरे नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्षसमेत हुन् भने अधिकारी नेकपा एमालेनिकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका उम्मेदवार हुन् ।

त्यस्तै महासचिवमा सत्ता साझेदार उम्मेदवार अञ्जिता खनाल र कोषाध्यक्षमा भरतबहादुर राउत विजयी भएका छन् । २५ सदस्यीय कार्यसमितिका अन्य पदाधिकारी र सदस्यहरुमा पनि घिमिरे प्यानलकै उम्मेदवारहरु विजयी भएका छन् ।

यही चैत १९ गते भएको निर्वाचनमा सात हजार ४२९ मत खसेको थियो ।