२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री जी गलत समयमा राष्ट्र बैंकका गभर्नरलाई हटाउनु भयो: जयप्रकाश



अ+ अ-

काठमाडाैं । नेपाली काग्रेसका नेता एबं पूर्बमन्त्री जयप्रकाश आनन्दले गभर्नर हटाउने निर्णय गलत भएको जनाउनु भएको छ । सामाजिक सञ्जालमा उहाँले लेख्नु भएको छ –

यो गठबन्धनको घाँडोले प्रम शेर बहादुर देउवा जीलाई ०५१ साल पछिको राज्य संचालनको बाटोमा डोर्याएको देखिन्छ।आफ्ना निर्णय र कदमहरूबाट आम मानिसमा पर्ने प्रभावको मूल्यांकन बारे बेवास्था भयो। यो सोच आत्मघाती हो।
यदि शासनले रोषयुक्त मौनतामा रहेका जनता माझ आफ्नो निर्णयहरूको प्रतिरक्षा गर्न सक्दैन भने बिपक्षी कथ्यको घोडदौडबाट कुल्चिइनु पर्दछ।
श्रीलंकाको दुरावस्थाका कारणहरू रोमको बेटिकनमा पोपको तहखानामा शताब्दीऔं देखि थन्क्याइएर राखिएको अभेद्य ‘मीथ’ को दस्तावेज होईन। श्रीलंका छर्लंग्न छ आज।
राम्रो अर्थमंत्री हुन “योग्यता र दक्षता” चाहिएला। तर, देशको राम्रो अर्थ व्यवस्था रहे नरहेको कुरा बिनोद चौधरी भन्दा पहिला भोको नागरिकको पिडाले बुझ्छ।
म लामो कुरा नगरूँ ! यति मात्र भन्छु प्रजातन्त्रको कमारो हुँ। प्रधानमंत्री जी, हजूरले गलत समयमा राष्ट्र बैंकका गभर्नरलाई हटाउनु भयो। यो गठबन्धनले तपाईलाई नोक्सान पुर्याउँदैछ। अवश्य पनि नेका नोक्सानीमा पर्छ।




भर्खरै