२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरि हिल्समा सुरू भयो स्विङ (फोटो फिचर)



अ+ अ-

काठमाडौं । धार्मिक र ऐतिहासिक घटनाका कारण चर्चित चन्द्रागिरि पर्यटकीय गन्तव्यको रूपमा अगाडि रही आएको छ । धार्मिक र ऐतिहासिक दुई कुरा जोडिएको काठमाडौंको चन्द्रागिरि डाँडोमा अहिले स्विङ सञ्चालनमा आएसँगै पर्यटकीय केन्द्रको रुपमा थप चर्चा बटुलेको छ ।

दैनिक हजारौं मानिस आधुनिक केबलकारमा चढेर समुद्र सतहबाट २,५५१ मिटर अग्लो चन्द्रागिरि पुगिरहेका हुन्छन् । चन्द्रागिरी पुगेपछि जिपलाईनदेखि विभिन्न ठाउँहरुको दृश्यावलोकनले हरेक व्यक्तिलाई मनोरम तुल्याउँछ । त्यसपछि हालै सञ्चालनमा आएको स्विङको अनुभव लिएपछि पर्यटकहरु आफूलाई आनन्दित महसुस गर्छन् ।

हप्तामा सातै दिन सञ्चालनमा आउने १५ सय २० स्क्वायर फिटमा फैलिएको यस स्विङमा एकपटकमा दुई जनाले स्विङ गर्न सक्ने अपरेशनल म्यानेजर दुर्गा थापाले जानकारी दिनुभयो । उहाँका अनुसार स्विङको उचाई ४० फिट रहेको छ । अन्दाजी ३५ फिटबाट ‘फ्री फलिङ’को मजा लिन सकिनेछ । स्विङ गर्नका लागि एक व्यक्तिलाई चार सय रुपैयाँ तोकिएको छ । यसमा आन्तरिक तथा बाह्य दुवै पर्यटकका लागि एकै मूल्य निर्धारण गरिएको छ । यद्यपि, मुटुरोग सम्वन्धि विरामी, शारिरिक रुपमा असक्त व्यक्तिलाई स्विङमा बन्देज गरिएको थापाले बताउनुभयो । उहाँका अनुसार स्विङबाट चखेल गाउँ, काठमाडौं उपत्यका, चन्द्रागिरी रिसोर्टको अवलोकन गर्न सकिन्छ । दैनिक २० देखि २५ जनाले स्विङको अनुभव लिने गरेको थापा बताउनुहुन्छ ।

बिहीबार कीर्तिपुरदेखि चन्द्रागिरी घुम्न आउनुभएका र पहिलोपटक स्विङको अनुभव लिनुभएका अभिषेक दाहालले भन्नुभयो ‘स्विङको अनुभव निकै रमाइलो रह्यो । पहिलो स्विङ एकदमै मजा आयो, पिङ नै खेलेको जस्तो अनुभव हुँदोरहेछ ।’

धार्मिक र ऐतिहासिक घटनाले परिचित तथा पर्यटकीय केन्द्रको रुपमा रहेको चन्द्रागिरिबाटै काठमाडौं उपत्यका नियालेपछि पृथ्वीनारायण शाह नेपाल एकीकरणमा उत्प्रेरित भएको अर्को ऐतिहासिक सन्दर्भ छ । काठमाडौं उपत्यकामा चढाइँ गर्नुअघि उनले भालेश्वर मन्दिरमा पूजापाठ गरेको जानकारहरु बताउँछन् ।