२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनै तहको निर्वाचनमा पाँच दलीय गठबन्धन कायमै राखेर जानुको विकल्प छैन – नेता सिंह



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले तीन वटै तहको निर्वाचनमा पाँच दलीय गठबन्धन कायमै राखेर जानुको विकल्प नरहेको बताउनु भएको छ ।

संविधानलाई जोगाएर लैजानका लागि पनि संघ, प्रदेश र स्थानीय तहको चुनावसम्म गठबन्धन कायमै राखेर अघि बढनुपर्ने काँग्रेस नेता सिंहको भनाई छ । शनिबार पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले निर्वाचन जित्ने हो भने सिंगो पार्टी पंक्ति एकतावद्ध हुनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । निर्वाचनमा जाँदा कम्युनिष्टहरुले मौका पाउँदाखेरी त्यसलाई सदुपयोग गर्न नसकेको सन्देश जनतामा लैजानुपर्ने नेता सिंहको बताउनु भयो । उहाँले भन्नु भयो, ‘कम्युनिष्टहरुलाई मौका दिँदाखेरी त्यो मौकाको कम्युनिष्टहरुले सदुपयोग गर्नै सकेन । अव सिम्पल भाषामा भन्ने हो भने शान्ति प्रक्रिया त नेपाली काँग्रेसले प्रारम्भ गरेको हो नि त । हाम्रा आदरणीय नेता गिरिजाप्रसाद कोइरालाले गर्नु भएको हो नि त । तर म्यान्डेट कम्युनिष्टहरुले पायो ।

चार चार पटक कम्युनिष्ट नेताहरु प्रधानमन्त्री बने तर प्रथम संविधानसभाबाट संविधान त जारी भएन । जनताले म्यान्डेट दिँदा काम गर्न नसक्ने कम्युनिष्टहरु नै हुन । यिनीहरुले जनताको पक्षमा, राष्ट्रको हितका पक्षमा काम गर्न सक्दैनन् भनेर आगामी निर्वाचनमा म्यासेज दिन सक्नुपर्छ भन्ने मलाई लागेको छ । तर दोस्रो संविधानसभाबाट हाम्रो पार्टीको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान हामीले जारी ग¥यौं । काँग्रेस नेतृत्वमा संविधान जारी भयो । तर त्यसको कार्यान्वयनका लागि म्यान्डेट र काँग्रेसले पाउनुपर्ने हो नि । काँग्रेसले पाएन । फेरी कम्युनिष्टलाई जिम्मा पायो । यो गठबन्धनको बारेमा चाँही मैले भने नि अस्ती केन्द्रिय कार्य समितिको बैठकमा पनि मैले बोले । मैले भने–यो गठबन्धनको औचित्य चाँही समाप्त भएको हो त ? मैले प्रश्न गरे । मत भुक्तभोगी मैले भने नि ।

हाम्रो पार्टी सभापतिलाई २५ प्रतिशत पनि छैन पार्लियामेन्टमा के गर्न सक्छौ त भन्ने छ । यो गठबन्धनको उपाध्यता सकिएको हो त ? यो त बाँकि नै छ । ओलीले संविधानलाई जोगाएर ट्रयाकमा राख्न नसकेकोलाई संविधानलाई ट्रयाकमा लगिराख्नका लागि त अव हामीले गर्ने भनेको के हो त भन्दाखेरी तीन वटै तहको निर्वाचन सम्पन्न हुँदैछ । संविधान जोगाउनका लागि यो गठबन्धन आवश्यक भएको हुनाले काँग्रेसले अहिले पनि स्थानीय निर्वाचनमा पनि पनि औचित्य र आवश्यक्ताको आधारमा गठबन्धन गरेर जाने भनेको हो । यसमा सिरियस हुन जरुरी छ ।’

काँग्रेस नेता सिंहले ओली नेतृत्वको सरकारले संविधानमाथि नै प्रहार गर्न थालेपछि पार्टी सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व लिनका लागि आफूहरुले अग्रसर गराएको पनि बताउनु भयो ।




भर्खरै