२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः राजस्थानलाई लखनउको चुनौति



अ+ अ-

एजेन्सी । आज राति इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को २० औं खेल अन्तर्गत राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्सले प्रतिस्पर्धा गर्दैछन् । खेल मुम्बईको वानखेडे मैदानमा नेपाली समयानुसार ७ः४५ बजे सुरु हुनेछ ।

दुवै टोलीले सिजनको सुरुवातमा राम्रो नतिजा निकालेका छन् । दुवै टोलीले अहिलेसम्म एक खेलमा मात्रै हार बेहोरेका छन् । अब दुवै टोली यो खेल जितेर अंक तालिकामा आफ्नो स्थान बलियो बनाउन चाहन्छन् । यो खेलमा राजस्थान र लखनउको टोलीमा परिवर्तन हुन सक्नेछ । लखनउबाट मार्कस स्टोइनिसलाई आजको खेलमा देख्न सकिनेछ ।

लखनउ पहिले नै धेरै बलियो थियो । पहिलो खेल हारेको यो टोलीले लगातार तीन खेल जितेको छ । अर्कोतर्फ, स्टोइनिसको आगमनले यो टोली थप बलियो बन्नेछ ।

लखनउका लागि कप्तान लोकेश राहुल र क्विन्टन डी ककले इनिङको सुरुवात गरेका थिए। दुवै ब्याट्सम्यान उत्कृष्ट लयमा छन् र आफ्नो टोलीलाई राम्रो प्रदर्शन दिइरहेका छन् । एभिन लुइस तेस्रो नम्बरमा खेल्छन् तर चेन्नईविरुद्धको खेलबाहेक अन्य कुनै पनि खेलमा उनले खासै राम्रो प्रदर्शन दिन सकेका छैनन् । यस्तो अवस्थामा उनको स्थानमा मार्कस स्टोइनिसलाई मौका दिने सम्भावना रहेको छ । यसबाहेक लखनउको टोलीमा अन्य कुनै परिवर्तनको सम्भावना छैन ।

लखनउका लागि चौथो नम्बरमा दीपक हुडा र पाँचौं नम्बरमा क्रुणाल पाण्डेयले पनि राम्रो ब्याटिङ गरिरहेका छन्। आयुष बडोनीले खेललाई राम्रोसँग फिनिश गरिरहेका छन्। बलिङमा आवेश खान र रवि बिश्नोईले विपक्षी ब्याट्सम्यानलाई कठिन तुल्लाईरहेका छन्।

अर्कोतर्फ, राजस्थान टोली यस प्रतियोगिताको सबैभन्दा सन्तुलित टोली हो यद्यपि, सञ्जु सामसनको टोलीसँग कुनै पनि राम्रो अलराउन्डर छैनन् । जेम्स नीशमलाई यो कमीलाई पार गर्ने मौका दिन सकिनेछ । यसबाहेक टोलीमा थप परिवर्तनको सम्भावना कम छ । जोस बटलर र यशस्वीले ओपनिङ गर्नेछन् । बटलर प्रतियोगितामा अहिलेसम्म सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन्, तर यशस्वि कठिन अवस्थाबाट गुज्रिरहेका छन्। यद्यपि, मौका अझै पनि दिन सकिन्छ ।

मध्यक्रममा कप्तान सञ्जु सामसन, शिमरोन हेटमायर र देवदत्त पडिककलले राम्रो ब्याटिङ गरिरहेका छन्। बलिङमा अश्विन, चहल, बोल्ट र कृष्णाले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । तर, नवदीप सैनीको स्थानमा युवा फास्ट बलरलाई मौका दिन सकिनेछ ।

राजस्थानको सम्भावित – ११
जोस बटलर, यशस्वी जैसवाल, देवदत्त पडिककल, सञ्जु सैमसन (कप्तान) शिमरोन हेटमायर, रियान परागरजेम्स नीशम, रविचन्द्रन अश्विन, नवदीप सैनी, ट्रेन्ट बोल्ट, प्रणभव कृष्ण, युजवेन्द्र चहल ।

लखनउ सम्भावित – ११
केएल राहुल (कप्तान), क्विन्टन डी कक (विकेटकीपर), इभिन लुइसरमार्कस स्टोइनिस, दीपक हुडा, आयुष बडोनी, क्रुणाल पाण्ड्या, जेसन होल्डर, कृष्णप्पा गौतम, एन्ड्रयू टाई, रवि बिश्नोई, आवेश खान ।