२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष नेपाल नेतृत्वको निर्वाचन परिचालन कमिटी गठन



file photo
अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनलाई लक्षित निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

सो पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा एक हजार १११ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

समितिमा केन्द्रीय कमिटी, तीन वटै केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चका सबै पदाधिकार एवं सदस्यहरू, केन्द्रीय परिषद् सदस्यहरू, प्रदेशका पदाधिकारीहरू, जिल्ला अध्यक्षहरू, जनसंगठनका केन्द्रीय पदाधिकारीहरु रहेको नेकपा एसले जनाएको छ ।

यस्तै, समाजवादीले २६ र २७ चैतमा बसेको पार्टीको २०औँ केन्द्रीय सचिवालय बैठकबाट महासचिव डा‍. बेदुराम भुसालको संयोजकत्वमा निर्वाचन परिचालन केन्द्रीय सचिवालय समेत गठन गरेको छ ।

प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सञ्जेल, सूर्य खत्री र द्रोणाचार्य क्षेत्री सदस्य रहेको उक्त सचिवालय गठन गरिएको हो ।