२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगन्जको बागेश्वरी मन्दिरमा जिब्रो छेडेर पुजा (फाेटाे फिचर)



अ+ अ-

नेपालगन्ज । आफ्नो भाकल पुरा भएपछि वा आफूमा दैबीशक्तिको प्रभाव संचितगर्ने उद्देश्यले नेपालगञ्जको बागेश्वरी मन्दिरमा चैते दशै र बडा दशैको नवमीको दिनमा यक्ष र मोक्ष पाउने आशामा जिब्रो छेड्ने देविकोल पुजागर्ने परम्परा चलिआएको छ ।

दशैं वा चैते दशैं सुरु हुने दिनदेखि नै निराहर ब्रत बसेको पुरुषले आफ्नो भाकल पूरा गराउन वा भाकेको कुरा पुरा भएपछि वाक्यकी देवी बागेश्वरीमातालाई जिब्रो छेडेर रगत चढाउने चलन परापूर्वकालदेखि नै चलिआएको सानै उमेर देखि जिब्रो छेडेर पुजागर्दै आएका डुडुवा गाउँपालिका वडा नंं. ६ हिरिमिनिया बस्ने बर्मा लोनियाले बताए ।

कुनै काम पुराहोस भनेर भाकल गरेकाहरुको भाकल पुरा भएपछि जिब्रो छेड्ने चलन छ । तर, भाकल सामाजिक भलो हुने तथा सकारात्मक कुराहरुको हुनु प-यो अरुलाई हानीहुने खालको भाकलभने पुरा हुनै सक्दैनन । त्यसैले जिब्रो छेडेर पुजागर्दै आइरहेको भारत बाबागञ्ज बस्ने ओम प्रकाश यादवले बताए ।

बाँके खजुरा गाउपालिका–८ का ६५ वर्षिय रामखेलावन अहिरले ५० पटक भन्दा बढी आफ्नो जीवनकालमा जिब्रो छेडेर बागश्वरी मन्दिरको परिक्रमा गरेको बताए । सानै उमेरदेखि जिब्रो छेडेर दर्शन गर्दै आएको छु । अहिलेसम्म ५० पटक भन्दा बढी भयो होला । उनले यसरी देबीको दर्शन गर्दा आफूलाई शक्ति प्राप्त भएको महशुस हुने बताए । पानको पात र फलामको तिखो त्रिशुलले जिब्रो छेडेर त्यसैमा भएको पानको पात चबाउँदा त्यसले इन्फेक्सन नहुने साथै दुखाई पनि कम हुने उनले बताए ।

बाँके डुडुवका–६ हिरमिनियाँकै २० वर्षिय सियाराम लोनियाले ७ पटक, भारत बाबागन्जका २७ वर्षिय ओम प्रकाश यादवले २० पटक जिब्रो छेडेर बागश्वरी मन्दीरको परिक्रमा गर्दै दर्शन गरेको बताए ।




भर्खरै