२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेएनयूमा रामनवमी पूजा र मांसाहारी खानालाई लिएर झडप



अ+ अ-

नयाँ दिल्ली । आइतबार साँझ जवाहरलाल नेहरू विश्वविद्यालयमा वाम विद्यार्थी सङ्गठन आइसा र हिन्दू विद्यार्थी सङ्गठन एबीभीपीले एकअर्कामाथि आक्रमण गरेको आरोप लगाएका छन् ।

विद्यार्थी सङ्गठनहरूबीचको यो झगडा मुख्यतः विश्वविद्यालयको मेसमा मांसाहारी खानालाई लिएर भएको हो ।

एबीभीपी कार्यकर्ताहरूले विश्वविद्यालयको कावेरी छात्रावासको मेसमा मांसाहारी खानाको विरोध गरेको वाम विद्यार्थी सङ्गठनहरूले आरोप लगाएका छन्।

तर अखिल भारतीय विद्यार्थी परिषदले रामनवमीको पूजा गरिरहेका विद्यार्थीहरूमाथि वामपन्थी विद्यार्थीहरूले आक्रमण गरेको बताएका छन्।

अर्कोतर्फ वाम विद्यार्थी सङ्गठन अल इन्डिया स्टुडेन्ट्स एसोसिएशन (एआईएसए) ले एउटा ट्विटमा एबीभीपी कार्यकर्ताहरूले आक्रमण गरेको दाबी गर्दै धेरै विद्यार्थीहरू घाइते भएको जनाएको छ ।

विद्यार्थीबीच झडप भएपछि प्रहरी पनि पुगेको थियो । विद्यार्थी सङ्गठनहरुले प्रहरीमा उजुरी गरेको बताएका छन् ।

 

 

 




भर्खरै