२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा रोपवे दुर्घटनामा एक जनाको मृत्यु, ४८ जना फसे



अ+ अ-

नयाँ दिल्ली । भारतको पूर्वी राज्य झारखण्डमा कम्तीमा ४८ व्यक्ति २० घण्टाभन्दा बढी समयदेखि रोपवे ट्रलीभित्र फसेका छन् । एक स्थानीय अधिकारीका अनुसार एक जनाको मृत्यु भएको छ ।

राज्यको देवघर जिल्लामा आइतबार दिउँसो रोपवेको चेन एक्कासी निस्किएपछि उक्त दुर्घटना भएको हो । दुर्घटना हुँदा रोपवे पहाडबाट गुज्रिरहेको थियो ।

हालसम्म १० जनाभन्दा बढीको उद्धार गरिएको छ । उद्धारका क्रममा एक महिलाको मृत्यु भएको छ भने एक बालकको अवस्था गम्भीर रहेकाले स्थानीय अस्पतालमा पठाइएको छ ।

राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एनडीआरएफ), भारतीय वायुसेना (आईएएफ), स्थानीय विपद् व्यवस्थापन एकाइहरू र जिल्ला प्रशासनका अधिकारीहरूले ट्रली भित्र फसेकाहरूलाई तल ल्याउने प्रयास गरिरहेका छन् ।

दुर्घटनामा परेकाहरुलाई १२ वटा छुट्टाछुट्टै ट्रलीमा राखिएको थियो । “दुई एमआई–१७ हेलिकप्टर उद्धार कार्यमा संलग्न छन्। अपरेशन अझै जारी छ”, भारतीय वायुसेना (आईएएफ) ले भन्यो ।

फसेकाहरूलाई खाना र पानी आपूर्ति गर्ने प्रयास भइरहेको एक आईएएफ अधिकारीले बताए । सिन्ह्वा