२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ४४.५६ अंकले ओरालो, २ अर्ब २६ करोड बढीको कारोबार



अ+ अ-

काठमाडौँ । यो हप्ताको पहिलो कारोबार भएको दिन सोमबार शेयर बजार मापक नेप्से परिसूचकमा ओरालो झरेको छ ।

गत विहिबार बढेको शेयर बजार सोमबारको बढ्ने अपेक्षा विपरित घटेको छ । आजको कारोबार घटेर नेप्से परिसूचक ४४.५६ अंकले घटेर २४१९.८० विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.८७ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२३ अंक घटेको छ ।

सोमबार कारोबारमा आएका २३३ कम्पनीको ५० लाख ९५ हजार कित्ता शेयर २ अर्ब २६ करोड ७ लाख ८६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचकमा गिरावट आए पनि गत बिहीबारको कारोबार रकम भन्दा सामान्य सुधार भएको छ ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ४.६२ प्रतिशत घटेको छ । त्यस्तै, जीवन बीमा , वित्त, जलविद्युत, होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक घटेको छ ।

सोमबार नेप्से ओरालो लागेपनि दुई वटा कम्पनीकोे शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा नेष्डो समृद्ध लघुवित्त र जाल्पा लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, इमर्जिङ्ग नेपाल र राष्ट्र उत्थान लघुवित्तको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा १६ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।




भर्खरै