२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

२५ लाख बढी सुनसहित विमानस्थलबाट तीन पक्राउ



अ+ अ-

काठमाडौँ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रु २५ लाखभन्दा बढी मूल्यको सुनको सिक्रीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

एयर अरेवियाको उडानद्वारा काठमाडौँ आएका यात्रुहरूको गतिविधि शङ्कास्पद देखिएपछि जाँच गर्ने क्रममा तीनै जनाबाट सुन बदामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

प्रहरीले हरेकबाट ९९।९६ ग्राम तौल भएको सुनको सिक्री बरामद गरेको उहाँले बताउनुभयो । बरामद सुनको सिक्रीसहित उनीहरूलाई थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ ।

पक्राउ पर्नेमा रसुवाका ३२ वर्षीय सुकुराम लामा सोही ठाउँका २७ वर्षीय पेम्बा थोक्रा, र वर्ष २२ का बुद्धिमान तामाङ रहेका छन् । तीनै जनाले पाइन्टकोकम्मरको भागमा फल्स बटम बनाइ अवैध रूपमा सुन ल्याएका थिए । उक्त सुनको मूल्य रु २५ लाख ५६ हजारभन्दा बढी रहेको विमानस्थल सुरक्षा कार्यालयले आज एक सूचना जारी गरी जनाएको छ ।