२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह वैशाख पहिलो साता



अ+ अ-

कर्णाली । मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह आगामी वैशाख ६ गते हुने भएको छ । यसअघि यही चैत १६ गते निर्धारण भई स्थगित भएको दोस्रो दीक्षान्त समारोह सुर्खेतको कुइनेपानीस्थित विश्वविद्यालयको केन्द्रीय परिसरमा वैशाख ६ गते आयोजना हुने रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

विश्वविद्यालयका सूचना प्रविधिविज्ञ उपप्राध्यापक पञ्चदेव भट्टका अनुसार दीक्षान्त समारोहको अध्यक्षता कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख आतिथ्यता नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थीले गर्नुहुनेछ ।

भारतीय नागरिक सत्यार्थी बालश्रमविरुद्धको विश्वव्यापी अभियानका अध्यक्ष हुनुहुन्छ । विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह २०७४ असारमा भएको थियो ।