२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेगा बैंकका ग्राहकहरुलाई नयाँ वर्षमा दराजबाट सामान खरिद गर्दा विशेष छुट



अ+ अ-

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले नयाँ वर्षमा दराज डटकमबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन् ।

मेगा बैंक र दराजबीच भएको सम्झौता अनुसार, मेगा बैंकका कार्ड प्रयोगकर्ताहरुले २०७८ चैत्र २८ गतेदेखि सीमित समयका लागि डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा एक हजार रुपैंयासम्म छुट पाउनेछन् । यसैगरी, क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा १५ सय सम्मको छुटको व्यवस्था गरिएको छ । छुट सुविधाका लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्छ । आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डका लागि आजै आवेदन दिन सकिने मेगा बैंकले जनाएको छ ।

नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकियोस् भन्ने उद्देश्यले मेगा बैंकले यो सम्झौता गरेको हो । दराज डटकमको बेभसाइट तथा मोबाइल एप्समार्फत सामान अर्डर गरी घरमै सामान प्राप्त गर्न सकिनेछ ।

दराजसँगको सम्झौताको लाभ लिँदै सहज र सुरक्षित रुपमा बिनाझन्झट घरमै बसी सामान खरिद गर्न मेगा बैंकले ग्राहकहरुलाई अनुरोध पनि गरेको छ । मेगा बैंकले डिजिटल बैंकिङ अन्तरगत नगदबिहीन कारोबारलाई बढवा दिने सरकारको नीतिलाई प्राथमिकतामा राख्दै आएको छ ।