२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिल्लारियल च्याम्पियन्स लिगको सेमिफाइनलमा, बार्यन स्तब्ध



अ+ अ-

एजेन्सी । जर्मन फुटबल क्लब बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ ।

घरेलु मैदानमा भएको च्याम्पियन्स लिगको दोस्रो चरणमा स्पेनिस टिम भिल्लारियलसँग १–१ को बराबरीमा रोकिएपछि बायर्नको यस सिजनको च्याम्पियन्स लिग यात्रा क्वाटरफाइनलसम्म रहेको हो ।

भिल्लारियलले समग्रमा २–१ को अग्रतासहित सेमिफाइनलमा स्थान बनायो । पहिलो लेगमा भिल्लारियलले बायर्नलाई १–० ले हराएको थियो । दोस्रो चरणमा ५१ औं मिनेटमा रोर्बेट लेवान्डोवेस्कीको गोलमा बायर्नले घरेलु मैदानमा अग्रता बनाएको थियो ।

तर, अन्तिम मिनेटतिर अर्थात् ८८ औं मिनेटमा सामुएल चुक्वेजेले बराबरी गोल गरेपछि भिल्लारियलको अन्तिम चारको यात्रा निश्चित भएको हो ।




भर्खरै