२३ जेष्ठ २०८३, शनिबार
,
Latest
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु रास्वपाको जिल्ला अधिवेशन आजदेखि डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती लामाखेतमा बस्ती संरक्षण योजना निर्माण ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वमा ठूलो खतराको संकेत ! इतिहासकै सबैभन्दा विशाल पुच्छ्रेतारा पृथ्वीतर्फ सर्दै



अ+ अ-

एजेसी । रहस्यले भरिएको अन्तरिक्षमा हरेक दिन कुनै न कुनै नयाँ घटना भइरहन्छ । यीमध्ये धेरै घटना यस्ता छन् जुन पृथ्वीका लागि खतरनाक छ ।

अब फेरि एक पटक अन्तरिक्षमा यस्तो घटना भएको छ, जसका कारण पृथ्वी खतरामा परेको छ । यो खतराको कारण इतिहासको सबैभन्दा ठूलो पुच्छ्रेतारा अर्थात् धूम्रकेतु हो, जुन तीव्र गतिमा पृथ्वीतर्फ बढिरहेको छ। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यो घटनाको निगरानी गरिरहेको छ । यो धूम्रकेतु ३५ हजार ४०५ किलोमिटर प्रतिघण्टाको गतिमा पृथ्वीतर्फ सरिरहेको छ ।

यो धूम्रकेतुको तौल ५०० ट्रिलियन टन छ जसको चौडाइ १२८ किलोमिटर छ । यो धूमकेतु अन्य धूम्रकेतु भन्दा ५० गुणा ठूलो रहेको बताइएको छ । यसैबीच, सबैभन्दा ठूलो प्रश्न यो हो कि इतिहासको सबैभन्दा ठूलो धूम्रकेतुबाट पृथ्वीमा कुनै खतरा छ ?

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले धूम्रकेतु पृथ्वीतर्फ तीव्र गतिमा आउँदा डराउनु नपर्ने बताउँदै धूमकेतु सूर्यबाट करिब १ अर्ब ६० करोड किलोमिटरभन्दा नजिक नआउने जनाएको छ ।

एक मिडिया रिपोर्टका अनुसार यस धूम्रकेतुको नाम C/2014 UN271 हो जुन पहिलो पटक नोभेम्बर २०१० मा देखिएको थियो जुन त्यसबेला सूर्यबाट ४.८२ बिलियन किलोमिटर टाढा थियो । त्यतिबेला यो धूम्रकेतु सौर्यमण्डलको छेउमा रहेको आफ्नो केन्द्रतर्फ सरिरहेको थियो ।

रिपोर्ट अनुसार C/2014 UN271 को द्रव्यमान अन्य धूम्रकेतुहरू भन्दा १० लाख गुणा ठूलो छ । यो सामान्यतया सूर्यको नजिक देखिन्छ । वैज्ञानिकहरूले यसलाई पहिलो पटक देखेसँगै निगरानीमा राखिरहेका छन् ।

यस धूम्रकेतुको अनुगमन गर्ने वैज्ञानिकहरूले सन् २०३१ मा यसको यात्रा पृथ्वीबाट शनिको दूरीमा समाप्त हुने विश्वास गरेका छन् । हबल स्पेस टेलिस्कोपबाट खिचिएका तस्बिरहरूबाट यो विशाल धूम्रकेतुको आकार पत्ता लागेको हो ।