२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थहीन परिवर्तन र रुपान्तरणले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न सकेन: पूर्वराजा शाह



अ+ अ-

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले अर्थहीन परिवर्तन र रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न नकसकेको जनाउनु भएको छ ।

नयाँ वर्ष २०७९ को उपलक्ष्यमा शुभकामना सन्देश जारीगर्दै पूर्वराजा शाहले वर्ष बदलिंदा हाम्रो हर्ष पनि बढ्नु पर्ने भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि पनि पर्ने भएपनि चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न नसक्नु चिन्ताको विषय जनाउनु भएको छ ।

सन्देशमा भनिएको छ – प्यारो मातृभूमि नेपाल “त्रिपक्षीय महाशक्तिहरुबीचको शिखर आभूषण” को रुपमा रहेतापनि, आफ्नै भू बनोट, सामाजिक संरचना, गौरवपूर्ण इतिहास, मौलिक मूल्य मान्यता तथा परम्पराले गौरवान्दित रही आएको छ । सबै राष्ट्र, सबै समुदाय मिलेर रहुन्, कतै अशान्ति नहोस्र कोही कसैमा विभाजन, विभेद नरहोस् भन्ने हाम्रो मान्यता हो । छिमेकी मित्र राष्ट्रहरुप्रति हामीले अवलम्वन गर्ने नीति तथा व्यवहारले हाम्रो उन्नति प्रगतिलाई मात्र प्रभावित गर्दैन मुलुकको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मिता समेतमा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने अवस्थालाई संझेर हामी सदैव चनाखो हुनुपर्दछ ।

सन्देशमा भनिएको छ – यही भावनालाई आत्मसाथ गर्दै नेपाल शान्ति भूमि बन्न सकोस्भन्ने आकांक्षा हामीले राखेका हौं । तर आज नेपाल कोहीसंग कतै टांसिएर कसैप्रतिको दूरभाव राख्ने मार्गतर्फ लाग्यो कि भन्ने जुन धारणा उत्पन्न भएको छ त्यो आफैमा आत्महिनताको विषय बन्न गएको छ । हाम्रो अर्थविद्हरु तथा उद्यमीहरुले गलत मौद्रिक र कमजोर वित्तीय नीतिका कारण अर्थ व्यवस्था जटिल बन्दै गएको चिन्ता गरिरहेका छन्। नेपालीको घर घरमा बढ्दो महंगी र थपिदों आर्थिक बोझले जीवन गुजरा गर्न अत्यन्त कठिन भएको दुखेसो छ ।

सन्देशमा भनिएको छ नेपाली सबैको भलो होस् –सबै नेपालीको सपना साकार होस् र प्रत्येक प्रयाश उपलव्धिमा परिणत होस्–यही हाम्रो अभिलासा हो ।