२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी दैलेखका जिल्ला सचिव खड्का एमाले प्रवेश



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का दैलेख जिल्ला सचिव मानबहादुर खड्का नेकपा एमाले प्रवेश गरेका छन् ।

शुक्रबार एमाले पार्टी कार्यालय दैलेखमा आयोजना गरिएको कार्यक्रमबीच खड्का एमाले प्रवेश गरेका हुन् ।

खड्काले २०४६ देखि विभिन्न जिम्मेवारी समाल्दै एमालेमा रहेको, पार्टी विभाजनको अवस्थाले उत्पन्न परिस्थितिमा नेकपा एकीकृत समाजवादी पार्टी जिल्ला कमिटी दैलेखको सचिव पदमा रहेको र उक्त जिम्मेवारी आजैबाट छोडी नेकपा एमालेको झण्डामुनि गोलबद्ध हुने निर्णय गरेको विज्ञप्ति जारी गर्दै उल्लेख गरेका छन् ।

खड्कालाई नेकपा एमाले दैलेखका पार्टी अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्मा, भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा, एमाले नेता नन्दकिशोर बस्नेत, शान्ति शर्मा, चन्द्रा रेग्मी लगायतका नेताले उनलाई नेकपा एमालेमा स्वागत गरेका थिए ।