२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना



file
अ+ अ-

काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीलाई अस्पताल भर्ना गरिएको छ ।

बिहीबार अपरान्ह ४ बजेतिर छातीमा असहज भई इमर्जेन्सीमा आएको र जाँचपश्चात मूत्र प्रणालीको संक्रमण र मुटुको चालमा समेत गडबडी देखिएकोले भर्ना गरिएको किस्ट अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले जानकारी दिनुभयो ।

उहाँको स्वास्थ्यको निरीक्षण मेडिसिन विभागको नेतृत्वमा भइरहेको छ ।

यसअघि पनि उहाँलाई छाती र पिसाबमा संक्रमण भएर भर्ना गरिएको थियो । उपचारपश्चात करिब एक हप्तापछि उहाँ डिस्चार्ज हुनुभएको थियो ।