२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राससकर्मी न्यौपाने सम्मानित



अ+ अ-

दमौली । राष्ट्रिय समाचार समिति (रासस)का तनहुँ प्रतिनिधि कृष्ण न्यौपाने तनहुँ जिल्ला फुटबल सङ्घ (एन्फा)बाट सम्मानित हुनुभएको छ । सञ्चारमाध्यमको तर्फबाट खेल क्षेत्रको विकास र प्रवद्र्धनमा सहयोग पुर्याएबापत एन्फाले न्यौपानेलाई सम्मान गरेको हो ।

तनहुँको आँबुखैरेनीमा आज आयोजित साधारणसभा तथा अधिवेशनका अवसरमा न्यौपानेलाई सम्मान गरिएको छ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि आनन्दराज त्रिपाठी, एन्फाका अध्यक्ष रत्नकुमार श्रेष्ठले न्यौपानेलाई प्रशंसापत्र र दोसल्लाले सम्मान गर्नुभयो ।

सोही अवसरमा प्रादेशिक खबर दैनिकका सम्पादक मदन वाग्लेलाई पनि सम्मान गरिएको छ । एन्फाले साधारणसभा तथा अधिवेशनका अवसरमा सञ्चारकर्मीलाई सम्मानित गर्दै आएको छ । कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि त्रिपाठीले खेलकुदले नेपालको नाम अन्तर्राष्ट्रियस्तरसम्म परिचित भए पनि सरकारले खेल क्षेत्रलाई पर्याप्त बजेट विनियोजन गर्न नसकेको बताउनुभयो । फुटबल खेलमा सबैको आकर्षण रहेकाले यसको विकासका लागि सरकार गम्भीर बन्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य लालबहादुर ज्वारचन, व्यास नगरपालिकाका प्रवक्ता एवं सङ्घका वरिष्ठ उपाध्यक्ष मोहनकुमार श्रेष्ठ, नेपाली कांग्रेस भिमादका सभापति अरविन श्रेष्ठ, आँबुखैरेनी गाउँपालिका–४ का वडाध्यक्ष नेत्र गुरुङ, आँबुखैरेनी क्याम्पसका प्रमुख ऋषि केसी, भिमाद युवा क्लबका अध्यक्ष नवीन श्रेष्ठलगायतले खेलकुदलाई प्राथमिकता दिनुपर्ने आग्रह गर्नुभयो । अधिवेशनले एन्फा तनहुँको नयाँ नेतृत्व चयन गर्नेछ ।