२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन सफल बनाउन मोरङका प्रजिअ दाहालको निर्देशन



मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल ।
अ+ अ-

विराटनगरः आसन्न स्थानीय तहको निर्वाचन केन्द्रित भएर मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा कार्यालय प्रमुखहरू बैठक सम्पत्र भएको छ ।

बैठकमा निर्वाचन आचारसंहिता तथा मतदातादेखि राष्ट्रसेवक कर्मचारीहरूले पनि पालना गर्नुपर्ने भएकाले सबैले आचारसंहिता पालना गर्नुपर्ने, मतदान स्थल वा केन्द्रमा खानेपानी, विद्युत्, सुरक्षाका निम्ति घेरबेरा, सीसी क्यामेरा, शौचालय एवं फर्निचरको उचित प्रबन्ध मिलाउनुपर्ने र यसका लागि प्रशासकीय अधिकृतहरूले सहयोग गर्नुपर्ने, निर्वाचनमा खटिने सवारी साधनहरू दुरुस्त बनाएर राख्नुपर्ने, केही दुःख गरेर भए पनि निर्वाचनलाई सफलतापूर्वक सम्पत्र गर्न राष्ट्रसेवक कर्मचारीहरू तयार रहनुपर्ने, जटिल अवस्थामा रहेका मतदान स्थललाई सहज बनाउनुपर्ने प्रमुख जिल्ला अधिकारी दाहालबाट निर्देशन भएको छ ।

उहाँले निर्देशनको क्रममा निर्वाचनलाई भयरहित वातावरणमा सम्पत्र गर्न सुरक्षाको सबै प्रबन्ध मिलाएको जानकारी दिँदै कुनै पनि बहानामा निर्वाचनमा अवरोध हुने किसिमको गतिविधि सह्य नहुने भत्रुभयो । उहाँले सुरक्षा निकायसहितको टोलीले मोरङको प्रत्येक निर्वाचन केन्द्र र मतदान स्थल अनुगमन गरिरहेको प्रसङ्ग उल्लेख गर्दै अनुगमनका क्रममा कुनै त्रुटि वा समस्या देखिएमा तुरुन्त प्रशासकीय अधिकृतले समाधान गर्नुपर्ने थप निर्देशन दिनुभयो ।

सो अवरमा जिल्ला न्यायाधीश एवं प्रमुख निर्वाचन अधिकृत भरत लाम्सालले निर्वाचनलाई सहज वातावरणमा सम्पत्र गर्न सबैको साथ र सहयोग आवश्यक छ भत्रुभयो । प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कास्यप अधिकारीले सबै तिर निर्वाचनको वातावरण तयार भइरहेको अवस्थामा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएमा तुरुन्त सूचना दिन आग्रह गर्नुभयो ।

विराटनगर महानगरपालिकाका प्रशासकीय अधिकृत उमेश बस्नेतले विराटनगर क्षेत्रभरिमा हुने निर्वाचनका लागि तोकिएको मतदान स्थलमा आफू पनि अनुगमन गर्ने र तत्काल गर्नुपर्ने आवश्यकता देखिएमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

केराबारी गाउँपालिकाका प्रशासकीय अधिकृत भरतकुमार न्यौपानेले आफ्ना पालिकामा निर्वाचनमा कुनै पनि समस्या आउन नदिन चनाखो भएर काम गरिरहेको जानकारी दिनुभयो । रासस




भर्खरै