२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्यारालाइसिसको बहाना बनाई उपचारको क्रममा अस्पतालबाट फरार भएका थुनुवा पक्राउ



अ+ अ-

काठमाडौं । प्यारालाइसिसको बहाना बनाई उपचारको क्रममा वीर अस्पतालबाट फरार भएका थुनुवा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–३ कुञ्‍चोक करमडाँडा घर भएका ४५ वर्षीय राजेश तिरुवालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणी मुद्दामा केन्द्रीय कारागार जगन्नाथ देवलमा थुनामा रहेका तिरुवाले प्यारालाइसिस भएको भन्ने बहाना बनाई वीर अस्पतालमा भर्ना भई उपचारत रहेको अवस्थामा गत चैत २९ गते राति अस्पतालबाट भागी फरार भएका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनलाई बुढानिलकण्ठ नगरपालिका–१२ स्थित राधाकृष्ण मन्दिर नजिकबाट फेला पारी पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार जगन्नाथ देवल काठमाडौं पठाइएको छ ।