२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोको नवजात छोराको निधन



अ+ अ-

एजेन्सी । पोर्चुगीज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको नवजात छोराको निधन भएको छ । रोनाल्डोले ट्वीटरमार्फत यसबारे जानकारी दिएका हुन् ।

‘धेरै दुःखका साथ हाम्रो नवजात छोराको निधन भएको जानकारी गराउन चाहन्छु । यो अभिभावकको लागि सबैभन्दा ठूलो दुःख हो । हामीलाई साथ दिनुहुने सम्पुर्ण डाक्टर र नर्सहरुलाई धन्यवाद ।’ उनले ट्वीटरमा लेखेका छन्, ‘म सबैलाई यो कठिन समयमा हाम्रो गोपनीयताको ख्याल गर्न अपील गर्दछु । हाम्रो छोरा हाम्रो प्यारो थियो, हामी उनलाई सधैंभरि माया गर्नेछौं ।’

रोनाल्डोले आफू र आफ्नो साथी जर्जिनालाई केही समय एक्लै छोड्न पनि आग्रह गरेका छन् । गत अक्टोबरमा रोनाल्डो र जर्जिनाले जुम्ल्याहा बच्चाको आमाबुवा बन्ने जानकारी दिएका थिए । दुबैले फोटो सेयर गरेर यसको जानकारी गराएका हुन् । यीमध्ये एक छोराको निधन भएको छ । यस्तै, छोरी सकुशल छिन् ।

जर्जिना रोड्रिग्वेज र रोनाल्डोकी एक छोरी छिन् जसको नाम अलाना मार्टिना हो । उनी नोभेम्बर २०१७ मा जन्मिएकी थिइन् । यसबाहेक, रोनाल्डो जुम्ल्याहा इभा र माटेओका पिता पनि हुन्, जो सन् २०१७ को जुनमा सरोगेटबाट जन्मिएका थिए । उनका छोरा क्रिस्टियानो जूनियरकी आमा उनको पूर्व पार्टनर हुन्, जसको नाम रोनाल्डोले आजसम्म सार्वजनिक रूपमा खुलाएका छैनन् ।

हालै रोनाल्डोले आफ्नो क्लब करियरमा ५० औं कीर्तिमानी ह्याट्रिक गरेका थिए । उनले नर्विचविरुद्धको खेलमा उक्त सफलता हात पारेका हुन् । यो उनको करियरको ६० औं ह्याट्रिक थियो ।