२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकाली राष्ट्रपतिले पहिलो पटक आफ्नो गल्ती स्वीकार गरे



अ+ अ-

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले देशमा आर्थिक मन्दीको बीचमा नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् । कीर्तिमानी मुद्रास्फीति र खाद्यान्न अभावको बीचमा श्रीलंकामा जनता सडकमा उत्रिएका छन्। विगत १० दिनदेखि श्रीलंकाका जनताले समुद्रको किनारमा ठूलो सङ्ख्यामा प्रदर्शन गरिरहेका छन् ।

यसैबीच राष्ट्रपति गोटबायाले पहिलो पटक मुलुकमा खाद्यान्न अभाव भएकोमा आफ्नो गल्ती स्वीकार गरेका छन् । उनले कृषकलाई रासायनिक मल नदिई आफ्नो प्रशासनले ठूलो गल्ती गरेको भन्दै पुरानो प्रणालीलाई पुनः सुरु गर्न लागेका बताए।

श्रीलंकालाई आर्थिक संकटबाट बाहिर निकाल्न गोटाबायाले १७ जना मन्त्री रहेको नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् । मन्त्रिपरिषद्मा गोटबायाले आफ्ना दुई भाइ चमल र बसिल राजापाक्षे र भतिजा नमल राजापाक्षेलाई हटाएका छन् ।

यसअघि तीनै जना गोटाबाया सरकारमा महत्वपूर्ण भूमिकामा थिए । तर गोटाबायाले आफ्ना दाइ महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा कायम राखेका छन् । ठूलो जनआक्रोशपछि मन्त्रिपरिषद्ले अप्रिल ३ राजीनामा दिएको थियो ।

श्रीलंकामा व्यापक विरोधका बाबजुद गोटाबाया र उनका दाइ महिन्दा राजापाक्षे सत्तामा छन्। गोटाबायाले सबैभन्दा पहिले आफ्नो प्रशासनको ‘गल्ती’ स्वीकार गरे।

गोटाबायाले भने, “मलाई लाग्छ म पहिले नै अन्तर्राष्ट्रिय मुद्रा कोषमा कार्यक्रमका लागि जानुपर्ने थियो । साथै युरिया जस्ता रासायनिक मल किसानलाई नदिनु गल्ती भएको बुझेको छु । हामीले पुरानो अभ्यासलाई पुनर्स्थापित गर्न कदम चालेका छौँ।”

यसअघि गोटाबायाले मे २०२१ मा तुघलकी आदेश जारी गरेर नीति परिवर्तन गरेका थिए। उनले रासायनिक मलविना अर्गानिक खेती गरे । यसबाट देशमा वार्षिक बालीको उत्पादन आधामा झरेको छ ।

जसका कारण गत वर्ष देशभरका किसानले चर्को विरोध गरेका थिए । राजापाक्षे परिवारको लोकप्रियता आम जनतामा मात्र नभई उनका समर्थकहरूमा पनि घट्दै गएको यो पहिलो सङ्केत थियो।

गोटाबायाले नयाँ मन्त्रीहरुलाई वर्तमान संकट जनताले माग गरेको व्यवस्था परिवर्तन गर्ने राम्रो अवसर भएको बताए । गोटाबायाको नयाँ मन्त्रिपरिषद्बाट प्रदर्शनकारीहरू खुसी छैनन् र उनीहरूले राष्ट्रपतिको सचिवालय बाहिर विरोध प्रदर्शन जारी राखेका छन्।

श्रीलंकामा चरम आर्थिक संकटका कारण जनताले खाद्यान्न, ग्यास, तेल जस्ता अत्यावश्यक वस्तु पाउन सकेका छैनन् । श्रीलंकाको मुद्राको पतनले देशमा तेलको मूल्य लगातार बढेको छ। नवभारत टाइम्सबाट