२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिबद्धतापत्र तयारीका लागि बुद्धिजीवी परिचालित



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)को जनसङ्गठन नेपाल बुद्धिजीवी परिषद्ले आसन्न स्थानीय तहको निर्वाचनका लागि पालिकास्तरमा जारी हुने प्रतिबद्धतापत्र तयारीका लागि बुद्धिजीवीहरूलाई परिचालन गरेको छ ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेले वैशाख ९ गते एकैदिन राष्ट्रियस्तरमा घोषणापत्र र सबै पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ । परिषद्ले राष्ट्रिय कार्याशाला आयोजना गरी प्रतिबद्धतापत्र तयारीमा संयोजनका लागि हरेक पालिकाका लागि दुई–दुई जनालाई प्रशिक्षक खटाएको र प्रशिक्षणप्राप्त परिषद्का सदस्यले पालिकास्तरमा सम्बन्धित कमिटीसँगको समन्वयमा काम गरिरहेको परिषद्का महासचिव गजेन्द्र थपलियाले जानकारी दिनुभयो ।

गत चैत १३ गते सम्पन्न एमाले स्थायी कमिटीको बैठकले घोषणापत्रमा सुझाव दिन सुझाव माग्ने निर्णय गरेको थियो । चैत १६ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले सबै पालिकाका नेता, कार्यकर्तालाई भर्चुअलरुपमा सम्बोधन गर्नुभएको थियो । घोषणापत्र मस्यौदाका लागि पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा गठित समितिको सुझावका आधारमा घोषणापत्र तयार गरिएको छ । रासस




भर्खरै