२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काममा फर्किए गभर्नर अधिकारी



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी काममा फर्किएका छन् । मङ्गलबार सर्वोच्च अदालतले गभर्नरलाई निलम्बन गर्ने निर्णयलाई तत्काल कार्यान्वयन नगर्न नगराउन भन्दै अन्तरिम आदेश दिएपछि गभर्नर अधिकारी काममा फर्किएका हुन् ।

सर्वोच्चको आदेशसँगै बुधबार काममा फर्किएका उनले सर्वोच्चको आदेश आफ्नो पक्षमा नभएर सिस्टम (प्रणाली) को पक्षमा आएको बताए ।

उनका अनुसार आफू एउटा माध्यम मात्र भएको र आदेश सिस्टमका लागि आएको हो । “यहाँहरु सबैले मेरा लागि भन्दा पनि सिस्टमका लागि बोलिदिनुभएको छ, त्यसका लागि कृतज्ञ छु, अब म आफ्नो जिम्मेबारीमा फर्किएको छु”, बुधबार राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कर्मचारीहरुले स्वागत गर्दा उनले भने ।

गत चैत २४ गते मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो । सरकारको निर्णयविरुद्ध उनले यही वैशाख ४ गते आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

अदालतले अधिकारीको निलम्बनको विषयमा छलफल गर्न यही वैशाख १३ गते दुवै पक्षलाई बोलाएको छ ।