२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

साझा प्रकाशनको विशेष पुस्तक प्रदर्शनी, ५० पैसादेखी रु २८ सयसम्मको पुस्तक प्रदर्शनीमा राखियो (भिडियोसहित)



अ+ अ-

काठमाडौं । साझा प्रकाशनले नयाँ वर्ष २०७९ को अवसरमा गरेको विशेष पुस्तक प्रदर्शनी जारी छ ।

साझा प्रकाशनले नयाँ वर्ष २०७९ को अवसर पारेर बैशाख १ गतेदेखि देशभर विशेष पुस्तक प्रदर्शनी गरेको छ । प्रदर्शनीमा साझा प्रकाशनले प्रकाशन गरेका पुस्तकहरु विशेष छुटका साथमा विक्रि भइरहेको छ ।

पाठकले खोजेका विभिन्न विधाका पुस्तकहरु पाठकको हातमा पु¥याउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको साझा प्रकाशनका प्रवक्ता होमनाथ भट्टराईले बताउनुभयो । प्रदर्शनी काठमाडौं उपत्यका भित्र साझा प्रकाशनको केन्द्रीय कार्यालय पुल्चोक, प्रदर्शनी मार्गमा र प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा प्रज्ञा प्रतिष्ठानमा रहेको उहाँले बताउनुभयो ।

त्यसैगरी देशभरमा रहेका साझा प्रकाशनको शाखा कार्यालयहरु धरान, बिर्तामोड, विराटनगर, राजविराज, जनकपुर, त्रिशुली, चितवन, भरतपुर, दाङ, बुटवल, पोखरा र धनगढीमा समेत प्रदर्शनी रहेको उहाँले जानकारी दिनुभयो । प्रदर्शनीमा सस्तोमा पचास पैसादेखि महङ्गोमा २८ सय रुपैयाँसम्मका पुस्तकहरु पाइने उहाँले बताउनुभयो ।

विशेष पुस्तक प्रदर्शनी बैशाख १५ गतेसम्म चल्ने साझा प्रकाशनले जनाएको छ । पुस्तक प्रदर्शनीको छैठौँ दिन सम्ममा पुस्तक विक्रिमार्फत् ६ लाख ५० हजार रुपैयाँ संकलन गरिएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । प्रदर्शनीमा साझाले प्रकाशन गरेका साहित्यिक, सांस्कृतिक र ऐतिहासिक महत्वका पुस्तकहरु रहेको उहाँले बताउनुभयो ।

प्रदर्शनीमा २०६० सालसम्म प्रकाशित पुस्तकहरुमा ५० प्रतिशत छुट, २०७० सालसम्म प्रकाशित पुस्तकहरुमा ३५ प्रतिशत छुट, ७१ सालसम्म प्रकाशित पुस्तकहरुमा ३० प्रतिशत छुट र गरिमा मासिक पत्रिकालाई ८० प्रतिशत छुटमा विक्रि गरिएको साझा प्रकाशनले जनाएको छ ।