२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको अक्सिजन प्लान्टमा विष्फोट, एक जनाको निधन (फोटो/भिडियो)



अ+ अ-

काठमाडौं ।सगरमाथा अक्सिजन ग्याँस प्लान्टमा बिस्फोट हुँदा एक जनाको ज्यान गएको छ भने ७ जना घाईते भएका छन् । बिहीवार ललितपुर महानगरपालिका–१५ मा रहेको औद्योगिक क्षेत्रस्थित बिहान १०ः०५ बजे सगरमाथा अक्सिजन नेपाल प्रा.लि.मा अक्सिजन सिलिण्डर भर्ने क्रममा ग्यास लिक भइ पड्किँदा ब्रिजमोहन महतोको ज्यान गएको हो भने अन्य ७ जना घाइते भएका हुन् । मृतक ब्रिजमोहन महतोको शरीर क्षतविक्षत भएको ललितपुर प्रहरी परिसर प्रवक्ता एसपी सिद्धिविक्रम शाहले बताउनु भयो ।

घाईतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको र उहाँको बि एण्ड बी अस्पतालमा उपचार भइरहेको ललितपुर प्रहरीका प्रवक्ता शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाईते एक जनाको अवस्था गम्भीर छ भने उहाँको एउटा खुट्टा छिनको छ । अन्य घाईतेको पाटन अस्पतालमा उपचार भइरहेको उहाँले बताउनु भयो । अहिले घटनास्थलमा नेपाल प्रहरीको विपद् व्यवस्थापन टिमले शुरुवाती अनुसन्धान गरिरहेको र शुरुवाती अनुसन्धानपछि यसको विस्तृत अनुसन्धान हुने एसपी शाहले बताउनु भयो ।

प्रवक्ता शाहले भन्नुभयो, ‘ललितपुरको पाटन औद्योगिक क्षेत्रमा अक्सिजन प्लान्ट बिस्फोट भएको हो । १०ः०५ देखि १०ः १० बजेको बीचमा रहेको छ । अक्सिजन रिफिलको काममा बिस्फोट भएको देखिन्छ । अक्सिजन भर्ने क्रममा सिलिण्डर बिस्फोट भएको हो । सिलिण्डर भर्ने क्रममा रहनुभएका ब्रिज महतोको बिस्फोटबाट छतविक्षत भएर मृत्यु भएको छ । अन्य ७ जना घाइते भएका छन्, ६ जनाको पाटन, अर्कोको बि एण्ड बीमा अहिले उपचार भइरहेको छ । घरहरुको क्षति भएको छ, सिसा फुटेको छ, मृतकका पार्टहरु धेरै टाढा टाढासम्म पुगेको छ, यो टेक्निीकल्ली कारण हो । अब अनुसन्धानपछि सबै थाहा हुन्छ । बिस्फोट भएका कारण घटना भएको हो । आगलागी भएको छैन । क्षति अहिले नै यकिन गर्न सकिँदैन । कति भयो अनुसन्धानपछि थाहा हुन्छ रिफिलिङगको क्रममा टेक्निकल्ली मिस्टेक भएर बिस्फोट भयो प्लान्टमा नै क्षति पुगेको छ । अहिले नेपाल पुलिसको विपद् व्यवस्थापनको टिम आएको छ । उहाँहरुले भित्र केही असहज छ कि भन्ने अनुसन्धान गरेपछि हामी थप अनुसन्धान गर्नेछौँ । छिमेकको घरहरुमा पनि सिसा फुटेको छ ।’

त्यस्तै दुर्घटनास्थलको निरिक्षणका लागि पुग्नुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले मृतकको परिवारले पाउने राहत सरकारले तत्काल दिने बताउनु भयो । उहाँले अन्य घाईतेलाई सरकारले उपचार गर्ने पनि प्रतिवद्धता जनाउनु भयो । मन्त्री बडूले अक्सिजन भर्ने क्रममा यसरी बिस्फोट हुनु साधारण नभएको भन्दै यसलाई गहन अनुसन्धान गर्ने बताउनु भयो । उहाँले सरकारले यो विषयलाई प्राथमिकताका साथ राखेर प्राविधिकहरुलाई बोलाएर नै अनुसन्धान गर्ने बताउनु भयो ।

मन्त्री बडूले भन्नुभयो, ‘यो जुन घटना भयो यो दुख्द्, दुर्भाग्यपूर्ण । सबैलाई दुःख लागेको छ । हामीले सहजै अनुमान लगाउन सक्दैनौँँ । यो टेक्नीकल्ली अवस्थाका कारण भएको भन्ने कुरा छ । अक्सिजन रिफिलिंग गर्दा बिस्फोट हुनु भनेको झनै खोजको विषय हो । यसलाई हामी अनुसन्धान गर्नेछौँ । यो पहिलो उदाहरण हो भन्ने खबर छ । यसलाई हामी गहन विषय बनाएर अनुसन्धान गर्नेछौँ । घाईतेहरुको स्वास्थ्यलाभको कामना । उनीहरुको उपचारमा हामी लाग्छौँ । प्राविधिकहरुसमेत राखेर अनुसन्धान गर्नेछौँ । सरकारले निःशुल्क उपचार गराउनेछौँ । सरकारले गर्नुपर्ने सहयोग गर्नेछ । हामीले मृतकले पाउने क्षतिपूर्ति दिनेछौँ । अक्सिजनको सिलिण्डरबाट यस्तो बिस्फोट हुनसक्छ भन्ने कुरा सामान्य भन्दा धेरै फरक कुरा छ । खोजको विषय यसलाई बनाएर अनुसन्धान गर्नेछौँ ।’

मन्त्री बडूले घाईतेहरु सबैले तत्काल उपचार पाउनुपर्ने र यस बारेमा सरकारले आफ्नो कर्तव्य पूरा गर्ने बताउनुभयो ।




भर्खरै