२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार बदलिएसँगै नीति परिवर्तन हुदाँ चिनियाँ लगानीकर्तालाई समस्या भयो: चिनियाँ राजदूत यान्छी



अ+ अ-

काठमाडौं । चिनियाँ राजदूत होउ यान्छीले नेपालमा सरकार बदलिएसँगै नीति परिवर्तन हुदाँ चिनियाँ लगानीकर्तालाई समस्या परेको बताउनु भएको छ । बिहीबार दूतावासले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा राजदूत यान्छीले भन्नुभयो ‘सरकार बदलिएसँगै नीति परिवर्तन हुने कुराले चिनियाँ लगानीकर्तालाई समस्या पर्छ ।’

उहाँले बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई नदिने सरकारको निर्णयप्रति पनि असन्तुष्टि समेत जनाउनु भयो । राजदूत यान्छी भन्नुभयो ‘त्यति ठूला आयोजना बनाउन लगानीकर्ताले लामो समयसम्म तयारी गरेका हुन्छ। सरकार परिवर्तन भएसँगै नीति परिवर्तन हुँदा उनीहरूलाई गाह्रो हुन्छ यस्ता ठूला आयोजना बनाउन नीतिगत निरन्तरता हुनुपर्छ।’

नेपालमा आफनो कार्यकालको उत्तरार्धमा रहनु भएकी राजदूत यान्छीले चिनियाँ कम्पनीलाई नेपालमा काम गर्न कठिनाई भएको समेत बताउनु भयो । उहाँले भन्नुभयो ‘आयोजना निर्माणका लागि जग्गा अधिग्रहण, रूख कटानलगायत अरू आधारभूत कुरा समयमै हुन नसक्दा काम गर्न समस्या छ त्यसमा पनि समयमै भुक्तानी नपाउने अर्को समस्या छ ।’

भर्चुअल पत्रकार सम्मेलनमा राजदूत यान्छीले चिनियाँ विदेश मन्त्री वाङ यीको नेपाल भ्रमण ,तातोपानी र रसुवागढी नाका सञ्चालन र चिनमा अध्यायन गरिरहेका नेपाली बिद्यार्थीहरु जो कोरोनाका कारण फर्कन नपाएको बारेमा पनि दृष्टिकोण राख्नु भएको थियो ।

केरूङ –काठमाडौं रेल मार्ग

उहाँले केरूङ –काठमाडौं रेल मार्ग तत्काल बनाउन सम्भव नभएको बताउनु भयो । उहाँले भन्नुभयो ‘मलाई केही विज्ञहरूले सबै कुरा एकदम सहज तरिकाले भए सीमापार रेलवेको विस्तृत सम्भाव्यता सक्न ५-६ वर्ष लाग्छ भनेका छन्,यो क्षेत्रको भूबनावट पनि निकै जटिल छ। सँगैसँगै हामीले त्यहाँको वातावरणीय प्रभाव पनि हेर्नुपर्ने हुन्छ।’

पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो ‘त्यसका लागि दुबै देशको प्रतिवद्धता र नीतिगत निरन्तरता आवश्यक पर्छ, ‘यस्ता आयोजना आजको भोलि बन्दैनन्। त्यसका लागि वर्षौं लाग्छ। ‘

पत्रकार सम्मेलनमा उहाँले नेपाल र चीनबीच बिजुली प्रसारण लाइन बनाउने विषयमा पनि छलफल भइरहेको जानकारी दिनुभयो ।

नाकाबन्दी गरेको भन्ने आरोप आधारहीन

राजदूत होउ यान्छीले चीनले नेपालमाथि नाकाबन्दी गरेको भन्ने आरोप आधारहीन भएको बताउनु भयो । तातोपानी नाका र केरुङ नाका सुहज रुपमा सुचारु नभएको गुनासो बारे उहाँले भन्नुभयो ‘नेपालबीच १ अर्ब ७७ करोड अमेरिकी डलरको व्यापार भएको छ । यो अघिल्लो समयकोभन्दा ६३ प्रतिशतले बढी हो,’ राजदूत होउले भनिन्, ‘त्यसले कथित सफ्ट ब्लकेड भनिने गरेको विषय आधारहीन रहेको देखाउँछ ।’

नेपाली विद्यार्थी फर्काउने विषयमा पनि छलफल

राजदूत यान्छीले कोरोना महामारीका कारण चीनबाट बीचैमा पढाइ छाडेर स्वेदश आएका नेपाली विद्यार्थी फर्काउने विषयमा पनि छलफल भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘दुवै देशका परराष्ट्मन्त्रीबीच पनि यस विषयमा छलफल भएको छ । दुवै देशका अधिकारीहरु पनि छलफल भइरहेको छ,विश्वविद्यालयहरु सम्बन्धित विद्यार्थीहरु सम्पर्क हुनुहुन्छ । कोभिड १९ को महामारीको कारण चीनमा पनि अनलाइन कक्षाहरु भइरहेका छन् । मेरो चीनमा रहेको छोरा पनि स्कुल जान पाएको छैन ।’ उनले हवाइ सेवा बन्द रहेको कारण पनि अहिले फर्काउन कठिनाइ रहेको बताउनु भयो ।




भर्खरै