२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज विश्व पृथ्वी दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै



अ+ अ-

काठमाडौं । आज विश्व पृथ्वी दिवस । काठमाडौंसहित नेपालका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदैछ । अहिले जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम दिनप्रतिदिन बढीरहेको छ । यसलाई कम गर्दै कसरी विकास गर्न सकिन्छ भन्ने मुख्य उद्देश्य राखेर अबका दिनमा अघि बढ्नुपर्ने विज्ञहरु बताउँछन् ।

जलवायु परिवर्तनले पारेको असरलाई मध्यनजर गरेर त्यसलाई नियन्त्रण गर्न सकेमात्र पृथ्वीको संरक्षण हुने विज्ञहरुले बताएका छन् । अप्रिल २२ अर्थात् आजका दिन विश्वभर वातावरण र पृथ्वीको संरक्षणका लागि विश्व पृथ्वी दिवस मनाइन्छ । पृथ्वी दिवसको अवसरमा काठमाडौंमा भएको कार्यक्रममा उपस्थित सामाजिक कार्यका अगुवाहरुले अहिले पृथ्वीको संरक्षण गर्नु अत्यावश्यक भएको बताए ।

पृथ्वीको संरक्षणका लागि सम्बन्धित नियकायले चासो राख्नुपर्ने बेला भएको उनीहरुको गुनासो छ । उनीहरुले पृथ्वीको संरक्षणका बारेमा बेलैमा चासो नदिने हो भने भविष्यमा यसको विकराल अवस्था आउनसक्नेप्रति सचेत गराएका छन् ।

पृथ्वीको संरक्षण कार्यक्रमले नागरिकमा पृथ्वीको संरक्षण कसरी गर्ने र अबका दिनमा पृथ्वीको संरक्षण गर्न नसके कस्तो असर पर्छ भन्ने कुराको चेतना पुग्ने उनीहरुको बुझाइ छ ।

सन् १९६९ सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्धको वसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरका थिए । तर पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रुपमा एक छुट्टै पृथ्वी दिवसको शुरुवात गरे ।

त्यस्तै सन् २००९ मा राष्ट्रसंघको ६३ औँ महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरे अनुसार अहिले यो दिवस विश्वभर मनाइन्छ । पृथ्वीमा बढ्दै गएका विकराल समस्या समाधान न्यूनिकरण गर्न र मानिसलाई प्रेरित गराउन यो दिवस मनाउने प्रचलन छ ।