२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालबालिकाले पनि ‘आई लव नेकपा एमाले’ भन्छन् – अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हरेक मानिसको मन मुटुमा एमाले रहेको बताएका छन् ।

एमालेको नयाँ केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सो कुरा बताएका हुन् ।

अध्यक्ष ओलीले भने ‘आजका बालबालिकाले आफ्ना दाई–दिदी, बुबा–आमा, हजुरबुबा–हजुरआमालाई जस्तै नेकपा एमालेलाई माया गर्छन् । सोध्यो भने बालबालिकाले ‘आई लव यु नेकपा एमाले’ भन्छन् । एमालेलाई बालबालिकाले पनि लव गर्छन्, माया–आदर गर्छन् । किनभने बालबालिका यस्तो निश्चल चिज हो, निष्कपट चिज हो उसले स्वार्थको हिसाब गर्दैन ।’