२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

उम्मेदवार मनोनयन दर्ताको सबै तयारी पूरा



अ+ अ-

गलकोट । बागलुङमा निर्वाचनको तयारीलाई तीव्रता दिइएको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको तयारी थालेको छ भने राजनैतिक दलहरु मतदाता रिझाउन र उम्मेद्वार चयनलाई तीव्रता दिएका छन् ।

बिहीबार बागलुङ जिल्लामा मुख्य निर्वाचन अधिकृत तथा १० पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर निर्वाचनको काम पालिकाअनुसार गर्न थालिएको छ । निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दल, सुरक्षाकर्मी, कर्मचारी र पत्रकारलाई निर्वाचनको तयारी, आपसी समन्वय र सहयोगको विषयमा छलफल थालिएको हो ।

मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले सबैको सहयोगका कारण बागलुङमा निर्वाचन शान्तिपूर्ण गराउन सफल भइने भन्दै सुरक्षाकर्मी, राजनीतिक दल, पत्रकार र कर्मचारीका बीच अन्तरक्रिया कार्यक्रम गर्नुभएको छ । “सबैको सहयोगमा मात्रै निर्वाचन शान्तिपूर्ण हुन्छ, सुरक्षाकर्मीले सुरक्षा दिने, पत्रकारले सही सूचना मागेर मात्रै समाचार लेखौँ”, उहाँले भन्नुभयो, “बागलुङमा सुरक्षा र कर्मचारी खटाउने विषयमा अन्तिम तयारी भइसकेको छ, हामी मनोनयन दर्ताको सबै तयारी पूरा गरिसकेका छौँ ।”