२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा अब वैकल्पिक शक्तिका रूपमा स्थापित हुन्छ: अध्यक्ष लिङ्देन



file photo
अ+ अ-

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनबाट राप्रपा वैकल्पिक शक्तिका रूपमा जनताको बीचमा आउने विश्वास व्यक्त गर्नुभयो ।

आज गृहजिल्ला झापाको राप्रपा मेचीनगरले आयोजना गरेको वैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवार घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले हजारौँ जनताले नेपाली कांग्रेस, एमालेलगायतको पार्टीको विकल्प खोजिरहेकाले राप्रपालाई भोट दिएर वैकल्पिक शक्तिका रूपमा जनता स्वयंले स्थापित गर्ने बताउनुभयो ।

“राजा र पञ्चायतलाई गाली गरेर अब खानेदिन गए”, सत्ता साझेदार दल र एमालेप्रति लक्ष्य गर्दै उहाँले भन्नुभयो, “देश र धर्म जोगाउने पार्टी राप्रपा हो । राजनीतिलाई पेशा, व्यवसाय बनाएर खानेहरूको जनताले आगामी चुनावमा बाक्सा खाली गरेर देखाइदिने छन् ।”

उहाँले मेचीनगर नगरपालिकाको आगामी निर्वाचनमा राप्रपाको तर्फबाट प्रमुख पदको उम्मेदवारमा रमेश दाहाल र उपप्रमुखमा सविना बजगाईँको नाम घोषणा गर्दै भ्रष्टाचारलाई मुख्य शत्रुका रूपमा लिएर जनताको काममा समर्पित भएर लाग्न निर्देशन दिनुभयो । कार्यक्रममा देशभरबाट हजारौँ अन्य पार्टीका कार्यकर्ता राप्रपाप्रति नयाँ आशा र विश्वास लिएर पार्टी प्रवेश गरिरहेको उहाँको भनाइ थियो ।