२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणी – देश नर्कमा जाँदैछ



अ+ अ-

वासिङ्टन । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याट र अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले संयुक्त राज्य अमेरिकालाई ध्वस्त पारिरहेको बताएका छन्।

ट्रम्पले शनिबारको र्याबलीमा आफ्ना समर्थकहरूलाई भने, ‘वास्तवमा के हो भने, चुनावमा धाँधली र चोरी भयो र अहिले हाम्रो देश ध्वस्त हुँदैछ। हाम्रो देश ध्वस्त हुँदैछ, हाम्रो देश नर्कमा जाँदैछ। हामीले यस्तो कहिल्यै गरेका थिएनौँ ।’

‘हामीसँग अहिले एकजना राष्ट्रपति छन्, दुखको कुरा जसलाई के भइरहेको छ भन्ने बिल्कुलै थाहा छैन। उनी हावासँग हात मिलाउँदै छन्, उनी चिन्तित छन्… र इस्टर बन्नीबाट अर्डर लिरहन्छन्,’ उनले भने । जबकि ‘रूसी राष्ट्रपति भ्लादिमिरे पुटिनले आणविक हतियार र संसारलाई नष्ट गर्ने कुरा मात्र गर्दैनन्।’ उनले थपे।

ट्रम्पले संयुक्त राज्य अमेरिकामा ग्यासको उच्च मूल्य र मुद्रास्फीतिको लागि वर्तमान प्रशासन दोषी रहेको बताएका छन्। मङ्गलबार, द हिलले दुई स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ( बाइडेनले पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामालाई सन् २०२४ मा पुनस् चुनाव लड्न लागेको कुरा बताएका थिए। बाइडेनको बुझाइमा डोनाल्ड ट्रम्पलाई हराउन सक्ने उनी मात्र हुन् ।

ट्रम्पले आधिकारिक रूपमा फेरि राष्ट्रपतिको लागि उम्मेदवारी दिने आफ्नो इच्छा घोषणा गरेका छैनन् यद्यपि उनले अमेरिकाभरि आयोजित थुप्रै अमेरिका र्याली सम्भावनाको सङ्केत दिएका छन्। (रासस-एएनआई-स्पुतनिक)