२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेचीनगरमा सिटौला निकट पाण्डेको टिकट खोसियो



अ+ अ-

काठमाडौं । प्रदेश समितिको निर्णयलाई उल्ट्याउँदै कांग्रेस केन्द्रीय संसदीय बोर्डले मेचीनगर नगरपालिकाको प्रमुखमा इन्द्रबहादुर बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रदेश संसदीय समितिले जिल्ला उपसभापति केशवराज पाण्डेलाई टिकट दिएको थियो । तर उनको टिकट खोसेर बुढाथोकी कांग्रेसको आधिकारिक उम्मेदवार भएको सभापति शेरबहादुर देउवाले प्रमाणित गरेका छन् ।

पार्टी महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर समेत रहेको मेचीनगरको प्रमुखको टिकट प्रदेश समितिले जिल्ला उपसभापति केशवराज पाण्डेलाई दिएको थियो । उनले हस्तक्षेप गरेपछि बुढाथोकीलाई मेचीनगर प्रमुखको उम्मेदवार बनाइएको हो ।

पाण्डे नेता कृष्णप्रसाद सिटौला निकट मानिन्छन् । कांग्रेस प्रदेश नं १ सभापति उद्धव थापाले पाण्डेलाई मेचीनगर प्रमुखको टिकट दिएका थिए । थापा पनि सिटौला खेमाका हुन् ।