२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोटो पत्रकारिता दिवसः फोटो प्रदर्शनी (तस्बिरसहित)



अ+ अ-

काठमाडौं । ९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा नेपाल फोटो पत्रकारहरुको संस्थाहरु फोटो प्रदर्शनी गरेकाछन् ।

मंगलवार बसन्तपुरमा पिजे क्लव र नेपाल फोटो पत्रकार मंचले खुल्ला फोटो प्रदर्शनी गरेको हो । प्रदर्शनीमा फोटो पत्रकारहरुले पत्रकारिता गर्दैगर्दा भोगेका दुःख र जोखिमहरुलाई अभिव्यक्त गर्ने किसिमका ३० वटा फोटोहरु राखिएका छन् । प्रदर्शनी आज एकदिन सम्म चल्ने नेपाल फोटो पत्रकार क्लव पिजे क्लब कि अध्यक्ष श्रुति श्रेष्ठले बताउनुभयो । प्रदर्शनीमा फोटो पत्रकारहरुले काम गर्ने क्रममा कत्तिको जोखिम, संघर्ष र चुनौती मोलेर काम गरिरहेका हुन्छन् भन्ने देखाउनेगरी फोटोहरु प्रदर्शन गरिएको उहाँले बताउनुभयो । त्यसैगरी फोटो पत्रकारिताको इतिहासको बारेमा पनि सर्वसाधारणलाई जानकारी गराउने हिसाबले खुल्ला रुपमा प्रदर्शनी गरिएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘फोटो पत्रकारले फिल्डमा कत्तिको जोखिम, संघर्ष, चुनौतीहरु मोलेर काम गरिरहेका हुन्छन् भन्नेकुरा देखाउने हिसाबले हामीले फोटो प्रदर्शनी गरेका हौँ । एउटा राम्रो फोटो खिच्नका लागि फोटो पत्रकारले कत्तिको मेहनत गर्नुपर्छ, कत्तिको जोखिम मोल्नुपर्छ भन्ने चिजहरु चाहीँ फोटोमार्फत् सबै व्यक्तिहरुलाई देखाउ भन्ने थिमको आधारमा हामीले यो फोटो प्रदर्शनी गरेको हौँ । सबैले नेपालको फोटो पत्रकारिता कुन दिनदेखि सुरु भएको, कसरी सुरु भएको भन्ने सर्वसाधारणलाई पनि ज्ञान होस् भन्ने आधारले हामीले आयोजना गरेका हौँ ।’

‘लेन्सबाट फोटो पत्रकारिता’ मुल नारा दिई गरिएको फोटो प्रदर्शनीका लागि नेपाल पत्रकार महासंघ र सेन्टर फर मिडिया रिसर्च नेपालले सहयोग गरेका छन् । त्यसैगरी, ९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसकै अवसरमा वसन्तपुरमै राष्ट्रिय फोटो पत्रकार समुह नेपालले पनि ‘नेपाल इन लकडाउन’ नाम दिई फोटो प्रदर्शनी गरेको छ । सो प्रदर्शनीमा कोभिड–१९ महामारीका कारण भएको लकडाउनको समयमा खिचिएका फोटोहरु प्रदर्शन गरिएको छ ।

 




भर्खरै