९ असार २०८३, मंगलवार
,
Latest
महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथ मन्दिरमा पूजा आराधना



अ+ अ-

काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिर जानु भई पूजा आराधना एवं दर्शन गर्नुभएको छ ।राष्ट्रपति भण्डारीले मूल मन्दिर प्रवेश गर्नु भई विधिपूर्वक पूजा आराधना एवं दर्शन गर्नुभएको हो ।

उहाँले विधिअनुसार सबै मठ मन्दिरको दर्शन गरी मूल मन्दिरमा विधिपूर्वक पूजा आराधना गर्नुभएको थियो । राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिर पुग्नु हुँदा उहाँलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले, मन्त्रालयका सचिव महेश्वर न्यौपाने, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कोष सञ्चालक परिषद्का सदस्य, कार्यकारी निर्देशक, कर्मचारीलगायतले स्वागत गर्नुभएको थियो । 


 
उपराष्ट्रपति पुनद्वारा पूजा आराधना

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पशुपतिनाथ मन्दिर जानु भई पूजा, आराधना एवं दर्शन गर्नुभएको कोषले जनाएको छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रिमा प्रत्येक वर्ष राष्ट्राध्यक्षले पशुपतिनाथमा विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ । 

महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । आज राति भक्तजन आएसम्म दर्शन गर्न दिइने कोषका सदस्य सचिव थापाले जानकारी दिनुभयो ।