२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीमाथि निर्वाचन आयोगको निगरानी



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले गृहमन्त्री बालकृष्ण खाँणमाथि निगरानी राखेको जनाएको छ । गृहमन्त्री खाँणले बागी दिएका उम्मेदबारहरुलाई फिर्ता गराउन देशका विभिन्न क्षेत्रमा हेलिकोप्टर चढेर जाने गरेका छन् । यसबाट आचार संहिता उल्लंघन भएको भन्दै निर्वाचन आयोगले सरकारी साधन स्रोतको उपयोग गरी उनले बढाएको सक्रियतामाथि आयोगले निगरानी राखेको जनाएको छ ।

आयोगका अधिकारीहरुले उनले दुई दिन अघि हेलिकोप्टर चढेर बागी उम्मेदबार फिर्ता गराउनका लागि चितवन गएको घटनालाई नोटिसमा लिएको जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा भन्दै उनी दुई दिन अघि चितवन पुगेका थिए ।

मुलुकमा स्थानीय निर्वाचनको प्रक्रिया नै सुरु भइसकेका बेला गृहमन्त्री खाँणले आफू प्रधानमन्त्रीको सन्देश लिएर चितवनका उम्मेदबार जगन्नाथ पौडेलको उम्मेदबारी फिर्ता गराउन चितवन पुगेको प्रचार नै गराएका थिए ।

चुनावका बेला सरकारले राज्यको साधन स्रोतको दुरुपयोग गरेर कतै पनि जान नहुने र कसैलाई राज्य सत्ताको प्रयोग गरी प्रभावमा पार्न नहुने निर्वाचन आचार संहिता छ ।

तर त्यसको हेक्का नगरी उनी अहिले चितवन र बुटवल गरिरहेका छन् । प्रमुख निर्वाचन आयुक्तले यस विषयमा अनुसन्धान गर्न आयोगको अनुगमन डेस्कका अधिकारीहरुलाई भनी सकेको समाचार स्रोतले बताएको छ । यसमा सरकारी प्रभाव परेन भने सम्भवत आज या भोलि नै आयोगले गृहमन्त्री खाणसँग स्पष्टिकरण लिन सक्छ ।