२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र अमेरिकाबीचको सम्बन्धले थप उचाई लिँदैछः अमेरिकी राजदूत बेरी



अ+ अ-

काठमाडौँः नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले अमेरिकी र नेपालीहरूबीचको सम्बन्ध पुस्तौँदेखि चल्दै आएको छ र चलिरहने बताउनु भएको छ ।

संयुक्त राज्य अमेरिका र नेपालबिचको कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्षगाँठको अवसरमा राजदूत बेरीले आज दिनु भएको वक्तव्यमा ७५ वर्षको यस अवधिमा हाम्रा दुवै देशमा भएका परिवर्तनका दशकहरूमा अमेरिका र नेपाल एकअर्काको साथमा उभिँदै आएको बताउनु भएको छ ।

यस वर्ष संयुक्त राज्य अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको छ ।

वक्तव्यमा भनिएको छ, अमेरिकी जनताले नेपालीहरूलाई चिकित्सा र विज्ञानमा प्रशंसनीय प्रगति गर्ने, पर्वतारोहीका रूपमा लगभग असम्भव उचाइमा पुग्ने, राष्ट्रसंघीय शान्ति सेनामा सम्मानजनक र बहादुरीका साथ सेवा गर्ने र कला र संस्कृतिको विशाल विविधतामार्फत विश्व सम्पदालाई समृद्ध बनाउने मानिसहरूका रूपमा चिन्दछन् ।

नेपालको स्वास्थ्य क्षेत्रमा अमेरिकाको ऐतिहासिक सहयोगले हाम्रो साझेदारीको सशक्त परिणामलाई झल्काउँछ भन्दै राजदूत बेरीले विगतलाई सम्झदै भन्नु भएको छ, सन् १९५० को दशकमा औलोले लगभग २५ प्रतिशत जनसङ्ख्यालाई असर गरेको थियो । युएसएड मार्फत औलो नियन्त्रण कार्यक्रमलाई सहयोग गर्‍यो र सन् १९६८ भित्र औलोका बिरामीको सङ्ख्या राष्ट्रव्यापी रूपमा २० लाखभन्दा बढीबाट २ हजार ४६८ मा झर्‍यो ।

कोभिड–१९ महामारी सुरु भएयताका पछिल्ला दुई वर्षमा अमेरिकाले नेपाललाई झन्डै ३८ लाख कोभिड–१९ खोपका मात्रा र १२ करोड ४८ लाख डलरभन्दा बढीको कोभिड सहायता प्रदान गरेको राजदूत बेरीले बताउनु भएको छ ।

नेपाल सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसनको नेपाल कम्प्याक्ट सम्झौतालाई अनुमोदन गरेको स्मरण गर्दै राजदूत बेरीले यस कम्प्याक्ट कार्यक्रमबाट नेपालमा ऊर्जा र यातायात क्षेत्रको आधुनिकीकरण गर्न सफलता हासिल गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।

नेपालको समृद्ध इतिहासको अमेरिका प्रशंसा गर्दछ भन्दै राजदूत बेरीले भन्नु भएको छ, सांस्कृतिक संरक्षणका लागि राजदूत कोष नामक कार्यक्रममार्फत झन्डै २० वर्षको अवधिमा नेपालमा २५ ओटा सांस्कृतिक संरक्षण परियोजनालाई सहयोग गरी ३८ लाख डलरभन्दा बढी लगानी गरेको तथा काठमाडौँको सुन्दर गद्दी बैठकको जीर्णोद्धार गरेको छ ।

जनता-जनताबीचको सम्बन्ध, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यमान्यता नै यस बहु-पुस्ताको अमेरिका-नेपाल सम्बन्धको जग हो भन्दै राजदूत बेरीले आजको दिनमा जलवायु सङ्कटलाई सम्बोधन गर्ने र बढ्दो अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउने जस्ता कठिन समस्याहरूलाई समाधान गर्नका लागि हामीलाई पहिलेभन्दा बढी एकअर्काको आवश्यकता छ भन्नु भएको छ ।