२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकको चाहना अनुसार काम गर्ने राप्रपाका मेयर उम्मेदवार श्रेष्ठको प्रतिवद्धता



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार मदनदास श्रेष्ठले आफू विजयी भएमा महानगरभित्रका आम नागरिकको चाहना अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

वरिष्ठ कलाकार समेत रहनु भएका श्रेष्ठले काठमाडौं महानगरपालिकाबासीको मनोभावना र चाहना अनुसार काम गर्न आफूले राप्रपाबाट मेयरको उम्मेदवारी दिएको पनि बताउनु भयो । शुक्रबार चुनावका लागि आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्दै उहाँले विगतका जनप्रतिनिधिहरुले इमान्दार भएर काम गर्न नसकेकाले काठमाडौं महानगरपालिका फोहोरको डुंगुरमा परिणत भएको आरोप लगाउँदै ती समस्या समाधान आफू समक्ष हुने दावी समेत गर्नु भयो ।

मेयरका उम्मेदवार श्रेष्ठले घोषणा गर्नु भएको प्रतिवद्धता पत्रमा ६ महिना भित्र काठमाडौंलाई फोहोरमुक्त सहर बनाउने महत्वकांक्षी योजना उल्लेख गरिएको छ । उहाँले भन्नु भयो, ‘काठमाडौंमा मूलभूत रुपमा फोहोरकै कुरा हो । त्यसको व्यवस्थापन गर्नुछ । म आम नागरिकहरुलाई विशेष अनुरोध गर्न चाहन्छु–तपाईहरुको अमूल्य मतले मलाई विजयी गराउनु भयो भने तपाईहरुको मनोभावना र चाहना अनुरुप मैले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु गर्दछु ।’

मेयरका उम्मेदवार श्रेष्ठले आफ्नो प्रतिवद्धता पत्रमा काठमाडौलाई भ्रष्टाचामुक्त बनाउने, सार्वजनिक यातायातामा ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई निःशुल्क गर्ने, मठ, मन्दिर, पाटीपौवा, गुठीलगायतका धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्ने उल्लेख गरिएको बताउनु भयो । त्यसैगरी प्रत्येक वडामा निःशुल्क स्वास्थ्य चौंकीको स्थापना गरेर नागरिकको स्वस्थ जीवनका लागि काम गर्ने योजना पनि प्रतिवद्धता पत्रका समावेश गरिएको छ ।