२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बिट्वीन लाइन्स एन्ड लेयर्स’ कलाचित्र प्रदर्शनी (फोटो फिचर)



अ+ अ-

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्ट्स बीएफए चौथो वर्षमा पढिरहेका विद्यार्थीले तयार गरेको ‘बिट्वीन लाइन्स एन्ड लेयर्स’ नामक कलाचित्र प्रदर्शनीमा अवलोकनकर्ताको आकर्षण बढेको छ ।

कलाकार कविराज लामाको प्रशिक्षणमा विद्यार्थीले तयार गरेका ४३ वटा कला प्रदर्शनीमा राखिएको छ । गत चैत २९ गतेदेखि सिद्धार्थ आर्ट ग्यालरीमा सुरु भएको प्रदर्शनी यही वैशाख २९ गतेसम्म जारी रहने छ ।

विद्यार्थीले आ–आफ्नै सोच, अनुभव र विचारलाई ‘इचिङ’ र ‘एक्वाटिन्ट’मार्फत चित्रण गरेका छन् । विद्यार्थी कुशल कार्कीले ‘न्यारेटिभ्स इन नेचर’ शीर्षकमा चित्र कोरेका छन् । उनका अनुसार प्रकृतिमा जनावरको सम्बन्ध सिकार र सिकारीको बीचमा भ्रम भइरहन्छ । यसले नै सबै कुरालाई सन्तुलनमा राखिरहन्छ । त्यस्तै अर्का कलाकार विद्यार्थी सन्तोष गुरुङले सेरेनिटी (शान्ति) शीर्षकमा चित्र कोरेका छन् ।

उनी भन्छन, “हामी सबैको एउटा यस्तो ठाउँ हुन्छ जहाँ शान्ति महसुस गर्न सक्छौँ । यहाँ जीवनका अपरिचितपानामा पाइने शान्तिलाई मैले चित्रमा उतारेको छु । यही मेरा गाउँका दृश्यहरु मेरा कामका विषयहरु हुन् जहाँ मैले खोजेको निश्चलपन भेट्टाएको छु । कुनै पनि सङ्घर्ष र बाधाबिना पाइने शान्तिलाई नै मैले प्रस्तुत गरेको छु ।” विभिन्न तरिकाबाट छाप निकाल्ने विधि अपनाएर विद्यार्थीले थरिथरिका प्रक्रिया अनुभव गर्दै दुई सेमेस्टरमा यी काम गरिएका हुन् । रासस




भर्खरै