२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक वृद्धि गर्ने उम्मेदवारलाई मतदानः नेता डङ्गोल



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तहको चुनावलाई लक्षित गरी काठमाडौँ महानगरपालिका–१४ बल्खुमा प्रचारप्रसार कार्यालय स्थापना गरेको छ ।

यहाँ आज आयोजित कार्यक्रममा पार्टीका नेता तीर्थराम डङ्गोलले मुलुकमा लोकतन्त्र स्थापनाका लागि तत्कालीन नगर पञ्चायतको चुनावमा सहभागी भएर उपप्रधानपञ्चमा विजयी भएर निरङ्कुशताका विरुद्ध जनमत तयार गरेको स्मरण गर्नुभयो ।

उहाँले आफ्नो पार्टीको नेतृत्वमा विकसित देश बनाएर जनताको आर्थिक वृद्धि गरिनेमा जोड दिँदै त्यसका लागि गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो ।

पार्टीका केन्द्रीय सदस्य नानु बाँस्तोलाले विगतमा कम्युनिष्ट नेतृत्वले स्थानीय विकास पूर्वाधार निर्माणमा आवश्यक कार्य गर्न नसक्दा स्थानीय तहमा रोजगारी वृद्धिका साथै फोहर व्यवस्थापनमा समस्या भएकाले राम्रा प्रतिनिधि छनौट गर्न सबैसँग आग्रह गर्नुभयो ।

नेपाल ट्रेड युनियन कांग्रेसका कोषाध्यक्ष मोहन बस्नेतले अहिले राजनीतिमा त्याग, निष्ठा तथा आदर्शको खाँचो औँल्याउँदै जनताको समस्यालाई केन्द्रमा राखेर सेवाको भावनाले आफ्नो पार्टीले कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले चुनाव जित्नका लागि जनतालाई झुठो आश्वासन, असम्भव विषय वस्तुको प्रचार गर्न नहुनेमा जोड दिनुभयो ।

वडा प्रचार समितिका सचिव विनोद डङ्गोलले स्थानीय तहमा देखिएका समस्या समाधानका साथै जनताको पक्षमा कार्य गर्न कांग्रेस सम्बद्ध उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिनुभयो ।