२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर प्रकरणबाट झस्किएको आयोग र प्रमुख आयुक्तको निरन्तर आशंका



अ+ अ-

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतपत्र च्यात्ने र चपाउने प्रयास नगर्न दलहरुलाई चेतावनी दिनु भएको छ । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरुलाई चिन्ह प्रदान गर्ने अघिल्लो दिन राष्ट्रिय तथा जिल्लास्तरीय निर्वाचन पर्यवेक्षकहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा भन्नुभयो, “यो वर्षको मतपत्र अलि कडा खालको छ, च्यात्ने चपाउने कोशिश नगर्नु होला ।

प्रमुख आयुक्त थपलियाले थप भन्नुभयो, “मतपत्र च्यात्ने र चपाउने मात्र होइन बत्ती निभाउने प्रयास पनि नगर्नु होला । सबै स्वीचमा आयोगको हात त पुग्दैन, तर लोकतन्त्र मान्ने दलहरुले गैर लोकतान्त्रिक चरित्र प्रदर्शन गर्नु हुँदैन ।”

२०७४ जेठ १५ गते भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा जे घटना भयो त्यसबाट आयोग यस पटक झस्किरहेको छ । जसका कारण प्रमुख निर्वाचन आयुक्त थपलियाले तारन्तर यो विषय उठाइरहनु भएको छ । २०७४ जेठ १५ गते भरतपुर महानगरपालिको मतगणना भै रहेको समयमा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेका थिए । मतगणना अन्तिम चरणमा पुगेका बेला वाईसीएल जिल्ला अध्यक्ष मधु न्यौपाने र प्रतिनिधि द्रोण शिवाकोटीले मतपत्र च्यातेका थिए । १९ नम्बर वडामा कुल २ हजार ८९७ मत खसेको थियो । जसमध्ये १ हजार ८०९ मत गणना भइसकेको थियो भने बाँकी ९९८ मत गणना गर्न सकिने अवस्थामा रहेको थियो । त्यस बेलासम्म एमालेका देवी ज्ञवालीको अग्रता कायम रहेको थियो र बाँकी मत गन्दाको अवस्थामा रेणु दाहालले जित्ने सम्भावना न्यून रहेको थियो । यही कारण साम, दाम, दण्ड, भेद प्रयोग गरेर राजनीतिमा जित्ने अस्त्र माओवादीले प्रयोग गर्यो ।

पाँच वर्ष अघिको यो घटना बारे एक टेलिभिजनको अन्तरवार्तामा निवर्तमान नगर प्रमुख रेणु दाहालले अप्ठ्यारो मान्दै त्यस घटनालाई एउटा दुर्घटनाको रुपमा लिनु पर्ने बताउनु भएको थियो । यस पटक पनि त्यस्तै गर्नुहुन्छ कि भन्दा उहाँलाई त्यो प्रश्न त्यति सहज लागेन ।

यस पटक पनि भरतपुर राष्ट्रिय राजनीतिको हटकेक बनेको छ । सत्ता गठबन्धनको उम्मेदवारमा रुपमा पुन: निवर्तमान प्रमुख दाहाललाइ नै जसरी पनि जित्नै पर्ने प्रयासमा ठुलो तगारो तेर्सिएको छ । एमालेका हेबीवेट उम्मेदवार विजय सुवेदी सँगै काँग्रेसको झण्डा सहित निर्वाचनमा होमिएका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई पराजीत गर्न गठबन्धनका उम्मेदवार दाहाललाई फलामको च्यूरा चपाउनु सरह नै हुनेछ ।

निर्वाचन आचार संहित विपरीत दुई मन्त्री पौडेलको उम्मेदवारी फिर्ता गराउन दुई दिन चितवनमा धर्ना बसेका थिए । आचार संहितकाका प्रावधान कुल्चदै पौडेलको दैलोदेखि पुराना पाका नेता कृष्णप्रसाद सापकोटाको घरमा पुगे । उहाँहरु अडानमा टसको मस नभएपछि आश्वासन, प्रलोभनको अस्त्रले काम गरेन । त्यस पछि उहाँहरुलाई पार्टीबाट हटाउने अस्त्र प्रयोग गरेको अवस्था रहेको छ ।

जसका कारण गठबन्धनका उम्मेदवार माथि चुनौती थपिएको छ । चुनौती थपिएका कारण यस पटक फेरि २०७४ जेठ १५ को घटना दोहोरिन्छ कि भन्ने त्रासमा आयोग रहेको छ । कतै फलामको च्यूरा हुँदै गएको अवस्थामा कडा कागजमा छापिएको मत्र पत्र फेरि च्यातिन्छ कि चपाउने कार्य हुन्छ कि भन्ने त्रास आयोगमा रहेको छ । तर चपाउने र च्यात्ने दलहरुले अब यस्तो हुँदैन भन्ने प्रतिबद्धता भने व्यक्त गरेका छैनन । कति उहि नियती दोहोरिने त होइन ?




भर्खरै