२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रहरीमा पोखरेल र सशस्त्र प्रहरीमा अर्याल महानिरीक्षकमा नियुक्त



अ+ अ-

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा विश्वराज पोखरेल र सशस्त्र प्रहरीको महानिरीक्षकमा राजु अर्याललाई नियुक्त गरेको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री र सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी अवकाशमा गएपछि उक्त पदको नियुक्तिमा निर्णय गर्न आइतबार मन्त्रिपरिषद्को बैठक बसेको हो ।

क्षत्री र केसीसहित २०४९ वैशाख १८ मा सेवा प्रवेश गरेका सबै उच्च अधिकारीहरू एकै पटक अवकाशमा जान लागेका हुन् । तीस वर्षे सेवाअवधिका कारण उनीहरु अनिवार्य अवकाशमा जान लागेका हुन् ।

सरकारले अर्याललाई केही दिनअघि मात्रै अतिरिक्त महानिरीक्षक पदमा एकल गरेको थियो । उनलाई सशस्त्र प्रहरीको नेतृत्वमा ल्याउन बढुवा गरिएको हो ।

सेवा प्रवेशका हिसाबले ढिलो तर पदोन्नति फटाफट भएका नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुक प्रहरी महानिरीक्षकका लागि प्रतिस्पर्धामा रहेका छन् ।

सेवा प्रवेशका हिसाबले पोखरेल कनिष्ठ भए पनि छिटोछिटो बढुवा हुँदा उनी प्रहरी अतिरिक्त महानिरीक्षकमा वरियतामा सबैभन्दा माथि थिए । सरकारले चारै जनालाई प्रतिस्पर्धीका रूपमा राखेको थियो ।

पोखरेललाई केपी शर्मा ओली नेतृत्वको सरकारले पोखरेललाई २०७७ मङ्सिर २५ मा अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको थियो । थापा गत असार २४ मा तथा सिंह र धानुक गत चैत ७ मा अतिरिक्त महानिरक्षकमा बढुवा भएका हुन् ।