२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगले केशव स्थापितलाई सोध्यो स्पष्टीकरण



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको नेकपा एमालेबाट मेयर पदमा उम्मेदवार रहेका केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ ।

आयोगले निर्वाचन आचारसंहिता विपरित अभिव्यक्ति दिएको र सार्वजनिक स्थलमा महिलाप्रति अभद्र टिप्पणी गरेको भन्दै उनलाई किन कारबाही नगर्ने भनी स्पष्टीकरण सोधेको हो ।

आयोगले वैशाख १५ गते काठमाडौंको नेशनल कलेजमा भएको एक कार्यक्रममा आफूमाथि लागेको मिटुको प्रश्न सोधेकोमा निर्वाचन आचारसंहिता उल्लंन हुने जवाफ दिएको भन्दै आयोगले स्पष्टीकरण सोधेको जनाएको छ ।

सो कार्यक्रममा प्रश्नकर्ता भावना राउतलाई ‘युआर नाइस लेडी तर थुतुनो ठिक भएन’ भनी गरेको टिप्पणी गलत र निर्वाचन भावना विपरित भएको आयोगको ठहर छ ।

आइतबारको एक कार्यक्रममा पनि स्थापितले अर्का उम्मेदवार बालेन शाहलाई ‘अन्तर्राष्ट्रिय ठग’को संज्ञा दिएका थिए ।