२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः लगातार पाँच हारपछि कोलकाताले राजस्थानलाई हरायो



अ+ अ-

एजेन्सी । लगातार पाँच हारपछि कोलकाता नाइट राइडर्सले फेरि जितको स्वाद चाखेको छ । राजस्थानलाई ७ विकेटले हराउँदै कोलकाताले सिजनको चौथो जित दर्तासहित अघिल्लो हारको बदला लिएको हो ।

यस सिजनको पहिलो खेलमा राजस्थानले कोलकातालाई ७ रनले हराएको थियो भने यस पटक नाइट राइडर्सले जित दर्ता गर्दै अंक बराबरी गरेको छ ।

श्रेयस अय्यरको नेतृत्वमा रहेको केकेआरले राजस्थानले दिएको १५३ रनको लक्ष्य तीन विकेटको क्षतिमा पाँच बल बाँकी रहँदै पछ्यायो । केकेआर अब अंक तालिकाको सातौं स्थानमा पुगेको छ । कोलकाताका लागि नितिश राना र रिंकु सिंहले खेल जित्ने इनिङ्स खेल्दै चौथो विकेटका लागि ३८ बलमा ६६ रनको साझेदारी गरे । नितिशले ३७ बलमा ४८ रनमा अविजित रहे भने रिंकु सिंहले २३ बलमा ४२ रन बनाए ।

राजस्थानले दिएको १५३ रनको लक्ष्य पछ्याएको केकेआरको सुरुवात खराब रह्यो । नयाँ ओपनिङ जोडी भए पनि टोलीले राम्रो सुरुवात गर्न सकेन । आरोन फिन्च र बाबा इन्दरजित पहिलो पावरप्लेमा नै पेभिलियन फर्किए । फिन्चले चार र इन्दरजीतले १५ रन बनाए । कप्तान श्रेयस अय्यरले नितिश राणासँग मिलेर तेस्रो विकेटका लागि ६० रनको महत्वपूर्ण साझेदारी गरे । तर श्रेयस ठूलो इनिङ्स खेल्न असफल भए र १३ औं ओभरमा ३४ रन बनाएर आउट भए । उनलाई बोल्टले आउट पारे ।

त्यसपछि नितिश राणाले इनिङ्सलाई अगाडि बढाए र रिन्कु सिंहसँग चौथो विकेटका लागि महत्वपूर्ण साझेदारी गरे । दुवैले ३८ बलमा ६६ रनको अटूट साझेदारी गर्दै टोलीलाई जित दिलाए ।

यसअघि मुम्बईको वानखेडे स्टेडियममा कोलकाताले टस जितेर राजस्थानलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । राजस्थानको सुरुवात राम्रो हुन सकेन र तेस्रो ओभरमा मात्र दुई रन बनाएर देवदत्त पडिक्कल आउट भए । त्यसपछि जोस बटलर र सञ्जु सामसनले इनिङ्सलाई एकसाथ सम्हाल्दै दोस्रो विकेटका लागि ४८ रन जोडे । तर, यसपटक बटलरले ठूलो इनिङ खेल्न सकेनन् र २५ बलमा २२ रन बनाएर आउट भए ।

त्यसपछि सञ्जु सामसनले करुण नायर र रियान परागसँग सानो साझेदारी गरे तर टोलीको रनरेट निकै कम थियो । यो अवधिमा सामसनले ३८ बलमा आफ्नो अर्धशतक पूरा गरे । उनी १८ औं ओभरमा ४९ बलमा ५४ रन बनाएर आउट भए ।

त्यसपछि अन्तिम ओभरमा शिमरोन हेटमायरले द्रुत रन बनाए र टोलीको स्कोर १५० भन्दा माथि पुर्याए । हेटमायर १३ बलमा २७ रनमा अविजित रहे । कोलकाताका लागि टिम साउथीले दुई विकेट लिए ।