२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हर्षोउल्लासका साथ मनाइयो ईद उल फित्र



अ+ अ-

मोरङ । इस्लाम धर्मावलम्बीहरूले ईद उल फित्र (इद) पर्व हर्षोल्लासका साथ आज यहाँ मनाइएको छ ।

इस्लाम समुदायमा रमजान महिनालाई निकै पवित्र मानिन्छ, रमजानको महिना सुरु हुने बित्तिकै, चन्द्रमा हेरेर ईद–उल–फित्र मनाइन्छ । विराटनगर–१३ स्थित इदगाहमा गएर इस्लाम धर्मावलम्बीहरुले आज सामूहिक नमाज ९प्रार्थना० गर्नुका साथै एकआपसमा अँगालो मारेर इदमुबारक ९बधाई तथा शुभकामना० साटासाट गरिएको छ ।

गत चैत २० देखि सुरु भएको रमजानको एक महिनासम्म चल्ने यो पर्वमा मुुसलमान दिनमा निराहार बस्छन् । शरीरलाई चोखो राखेर मात्र रोज बस्नुपर्छ । दान दिनु, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । कुलतमा लागेका मानिस एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सकिने अनुमान गर्न सकिन्छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछ ।

नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन । यसपर्वमा बिर्यानी, पुलाउ, सेबइ, दुग्ध, मासुका परिकार, फलफूल खाने प्रचलन छ ।