२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनका लागि वार्ता र कूटनीतिक पहल गर्न मोदीको आग्रह



अ+ अ-

कोपेनहेगन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनको हालको द्धन्द्ध समाधानका लागि वार्ता र कूटनीतिक प्रयास सँगसँगै गर्नुपर्ने बताउनुभएको छ ।उहाँले युक्रेनमा हाल जारी रहेको समस्याको समाधानका लागि वार्ता र कूटनीतिक पहल जरुरी रहेको बताउनुभएको हो ।

हाल युरोप भ्रमणमा रहनुभएका प्रधानमन्त्री मोदीले मंगलबार डेनमार्कका आफ्ना समकक्षी मेट्टे फ्रेडरिक्सनसँगको वार्तापछि सो धारणा राख्नुभएको हो । डेनमार्कका आफ्ना समकक्षी मेट्टे फ्रेडरिक्सनसँगको वार्तापछि मंगलबार आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– युक्रेनको संकट समाधान गर्न वार्ताका साथै कूटनीतिक प्रयासहरुलाई गति दिनुपर्छ, यही माध्यमबाट नै समस्या समाधान हुनेछ ।

भारत युक्रेनमा शान्ति चाहेको भन्दै हाल जारी रहेका आक्रमणहरुलाई रोकेर अविलम्ब कूटनीतिक वार्ता थाल्नुपर्ने भारतको धारणा रहेको पनि उहाँले बताउनुभयो ।प्रधानमन्त्री मोदी भारतको प्रधानमन्त्रीका रुपमा पहिलो पटक डेनमार्कको भ्रमण गरेको पनि उहाँले बताउनुभएको थियो ।