२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायाधीश नियुक्तिमा नातावाद, परिवारवाद र फरियावाद चल्दैन: कामु प्रधानन्यायाधीश कार्की



अ+ अ-

काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायाधीश नियुक्तिमा नातावाद, परिवारवाद र फरियावाद नहुने प्रतिबद्धता जनाउनुभएको छ ।

सर्वोच्च अदालत बार एशोसिएशन कार्यसमितिसँगको भेटघाटमा कामु प्रधानन्यायाधीश कार्कीले न्यायाधीश नियुक्ति योग्यता, क्षमता र गुणस्तरीयताका आधारमा हुने आश्वासन दिनुभएको भेटमा सहभागी कार्यसमिति सदस्य अनन्तराज लुइँटेलले जानकारी दिनुभयो ।

उहाँले न्यायाधीश नियुक्तिको मापदण्ड तयार गर्न कानूनमन्त्रीको संयोजकत्वमा एक समिति गठन भएको र त्यसले काम गरिहेको जानकारी गराउँदै नियुक्तिमा विभेद नहुने प्रतिबद्धता जनाउनुभएको हो ।

हाल उच्च अदालतमा ५ र अन्य न्यायाधीश १५ जना तथा जिल्ला अदालतमा न्यायाधीशहरु रिक्त रहेका छन् । यसैगरी सर्वोच्च अदालतमा पनि जेठको पहिलो साताबाट दुई न्यायाधीश अवकास हुँदैछन् । न्यायाधीशहरु मीरा खड्का र तेजबहादुर केसी अवकास हुन लाग्नु भएको हो ।

भेटघाटमा प्रधानन्यायाधीश कार्कीले न्यायालय सुधारका लागि आफू प्रतिबद्ध रहेको जनाउँदै गुनासो नै गर्नुपर्ने अवस्था आउन नदिने बताउनुभयो । उहाँले गोला प्रथामा प्रश्न नउठाउन आग्रह गर्दै गोलाप्रथामा नेपाल बारका प्रतिनिधि उपस्थित हुन सक्ने बताउनुभयो ।

कामु प्रधानन्यायाधीश कार्कीले सर्वोच्चमा केही हेर्न नमिल्ने मुद्दा रहेको र त्यसलाई कसरी निरुपण गर्ने भन्ने बारेमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको संयोजकत्वमा एक समितिले काम गरिरहेको जानकारी गराउनुभयो ।

वरिष्ठ अधिवक्ताको उपाधि दिने सन्दर्भमा पनि असन्तुष्टि रहेको बारे कामु प्रधानन्यायाधीश कार्कीले यसबारेमा छलफल भइरहेको जानकारी गराउँदै १३८ जनाको बारेमा जेठ ६ गते छलफल हुने बताउनुभयो ।

सर्वोच्च अदालतको भौतिक निर्माणको काम सहजरुपमा हुन नसकेको बारे राखेको जिज्ञासमा कामु प्रधानन्यायाधीश कार्की मौन बस्नु भयो । भौतिक निर्माण समितिको संयोजकमा हाल पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नै रहनुभएको छ । यसअन्तरगत करिब रु ६ अर्बका परियोजनाहरु रहेका छन् ।